१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर र काठमाडौंमा आज विद्युत् बन्द हुँदै



सूचना अनुसार ललितपुरको पुल्चोक, कोपण्डोल र भैसेपाटीलगायतका ठाँउहरुमा विद्युत आपूर्ति बन्द हुन्छ

६ साउन । विद्युत् प्राधिकरणले आज ललितपुर र काठमाडौंकाविभिन्न स्थानमा विद्युत् बन्द गर्ने भएकोे छ ।
प्राधिकरणले सूचना जारी गरेरै विहान ८ बजेबाट अपरान्ह ४ बजेसम्म विद्युत बन्द गर्न लागेको हो ।
सूचना अनुसार ललितपुरको पुल्चोक, कोपण्डोल र भैसेपाटीलगायतका ठाँउहरुमा विद्युत आपूर्ति बन्द हुन्छ ।
ल्लितपुरको सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती, सानेपा मोड र रेडिएण्ड बल्खु, झम्सीखेल, पुल्चोक र ठाडोढुंगा काठमाडौंको ज्ञान तीर्थ मार्ग कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चमती, किमडोल र बारूदखाना क्षेत्र, कीर्तिपुर फिडर अन्तर्गतका बल्खु, खसीबजार, त्रिभवुन विश्वविद्यालय, चोभार, टौदह र ट्यांलाफाँट टेकूदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती, वर्ल्ड ट्रेड सेन्टर तथा थापाथली स्विचिङ अन्तर्गतका टेकुदेखि त्रिपुरेश्वर चोकसम्म, आशा अस्पताल, वर्ल्ड ट्रेड सेन्टर, रंगशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सेनपा, कुपन्डोल, स्थानीय विकास मन्त्रालय र पुल्चोक क्याम्पसम्म, महतो मार्ग, भैँसेपाटी आवास, भैँसेपाटी चोक र एकल डाँडा तथा क्षेत्रपाटी फिडर अन्तर्गतका टेकुदेखि विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क र ढल्कु चोकदेखि क्षेत्रपाटीसम्म विद्युत् अवरूद्ध हुनेछ।

प्राधिकरणले टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गरिरहेको छ।

प्राधिकरणले सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर १ प्यानल तथा दुईमध्ये एक पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको विभिन्न फिडरहरूमा विद्युत सेवा प्रभावित हुने प्राधिकरणले जानकारी दिएको छ।प्राधिकरणले  हिजो विहीबार पनि ललितपुर र काठमाडौंको विभिन्न स्थानमा विद्युत बन्द गरेको थियो ।

 

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  २ : ४५ बजे