३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री शिल्पाको अभिनय अव नाटकघरमा हेर्न पाइने



नाटकमार्फत अभिनयलाई शून्यबाट नियाल्न पाएकी छु । दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नाका साथै रङ्गमञ्चमा आफूलाई प्रस्तुत गर्न पाउँदा उत्साहित छु । यो मेरो पहिलो अनुभव हो

६ साउन । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा अभिनेत्री शिल्पा मास्के नाटकको पात्रको भूमिका गरिरहेको अवस्था भेटिने भएकी छिन् ।

शुक्रबारबाट मञ्चन भइरहेको नाटक ‘ट्रान्जिट’मा तीन अभिनेत्रीमध्ये एक भूमिका शिल्पाले निभाएकी हुन् । यो उनको पहिलो नाटक हो । अभिनेत्री मास्केले अभिनयलाई नजिकबाट बुझिरहेको बताइन् ।

एक ट्रान्जिटमा भेट भएपछि अघि बढ्ने कथा रहेको नाटकमा एउटै पात्र ‘मायावी’ लाई तीनजना अभिनेत्रीले चित्रण गरेका छन् ।
शुक्रबारदेखि नियमित मञ्चन भइरहेको उक्त नाटक भदौ २ गतेसम्म मञ्चन हुनेछ । कुमार नगरकोटीले लेखेको यस नाटकलाई घिमिरे युवराजले निर्देशन गरेका छन् ।

“नाटकमार्फत अभिनयलाई शून्यबाट नियाल्न पाएकी छु । दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नाका साथै रङ्गमञ्चमा आफूलाई प्रस्तुत गर्न पाउँदा उत्साहित छु । यो मेरो पहिलो अनुभव हो”, अभिनेत्री मास्केले भनिन् ।

नाटकमा अभिनेत्री मास्केसँगै दिव्यदेव, आकाङ्क्षा कार्की, वासना तिमल्सिना, मिल्सन राई र घिमिरे युवराजलगायत कलाकारले अभिनय गरेका छन् ।

त्यस्तै थापागाउँस्थित मण्डला नाटकघरमा असार ८ देखि मञ्चन भएको मनोवैज्ञानिक (साइकोलोजिकल थ्रिलर) विधामा बनेको ‘हिउँभन्दा चिसो’ नाटक यही साउन १४ गतेसम्म मञ्चन हुनेछ । सोमनाथ खनालले निर्देशन गर्नुभएको नाटकमा कलाकार भोलाराज सापकोटा मुख्य भूमिकामा छन् ।

“चलचित्र र अन्य कामलाई मिलाएर नाटकघरमा प्रस्तुत भएको हुँ । आज÷भोलि भन्दै पाँच वर्ष बितिसकेछ । समय मिलाएर यसपटक नाटकमा अभिनय गरेको छु”, अभिनेता सापकोटाले भने । यसमा रेणु योगी, र गोविन्द सुनारको लगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  १० : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।