७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


शिल्पीमा अभिनेत्री शिल्पाको नाट्य कला (तस्विरहरु)



ललितखबर
७ साउन । नेपाली चलचित्रका सफल अभिनेता दायाहाङ राई,निश्चल बस्नेत, स्वतिमा कार्कीजस्ता अव्वल कलाकार थियटरबाट चलचित्र क्षेत्रमा उदाए । उनीहरु फेरि थियटर फर्केर विरलै अभिनय गरिरहेका छन् । चलचित्र क्षेत्रमा चम्केपछि उनीहरुले आफ्नो पृष्ठभूमि विर्सेको आरोप लाग्ने गर्छ ।


नेपाली चलचित्रमा आधा दर्जन चलचित्रमा अभिनेत्रीको भूमिका निभाइकी शिल्पा मास्के भने आजकल थियटर पुगेर नाटक मञ्जनमा व्यस्त भएकी छिन् । घिमिरे युवराजले निर्देशन गरेको नाटक ‘ट्राञ्जिट’मा ३ पात्र शिल्पा आकाँक्ष,वासना र शिल्पामध्ये एक पात्रको भूमिकामा छिन् ।


चलचित्रको पर्दामा भन्दा शिल्पा थियटरमा फरक पात्रको रुपमा उपस्थित भएको भान हुन्छ । नाटक हेर्दा उनको अभिनय सजीव लाग्छ ।
नाटक साहित्यकार कुमार नगरकोटीले लेखेका हुन् । नाटकमा वासना तिमल्सिना,आकाक्षा कार्कीसँग शिल्पाले मायावीको चरित्रमा मञ्चमा उत्रेका छन् । मानव शास्त्रीको रुपमा दिव्यदेवले दमदार अभिनय गरेका छन् । नाटकभित्र घिमिरे युवराज,मिल्सोन राई समेट अटाएका छन् ।


कला क्षेत्रमा भविश्य खोज्नेहरु नाटकको मञ्च खोज्ने जमानाबाट टाढा पुगेको आजको कला जगतमा शिल्पाको साहसलाई मान्नै पर्छ । उनी आफू ग्राउण्ड जिरोबाट अभिनयलाई निहाल्न पाएकोमा खुशी व्यक्त गरिरहेकी छिन् । उनको अभिनयको भोक प्यास पक्कै थियटरले मिटाउनेछ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ४ : २८ बजे