५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सुरक्षा पन्तको फिल्म ‘जुलेबी’ को टिजर सार्वजनिक(भिडिओ)



९ साउन । सुरक्षा पन्त अभिनीत फिल्म ‘जुलेबी’ को टिजर सार्वजनिक गरिएको छ। मंगलबार डिएआर मुभिज युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा लभ र रोमान्सका दृश्यहरूलाई स्थान दिइएको छ।

एथोलजी विधामा रहेको फिल्ममा सुरक्षासँगै उषा रजक, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको अभिनय छ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरको फिल्मलाई आभा शर्मा नेपालले निर्माण गरेकी हुन्। फिल्मको कार्यकारी निर्माता नविन भट्ट छन्।

विवेक खड्काले छायांकन गरेको फिल्मलाई अजय खड्काले सम्पादन गरेका छन्। फिल्मका निर्देशक गणेश देव पाण्डे हुन्। यो फिल्म भदौ १ गतेदेखि प्रदर्शन हुनेछ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ११ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।