१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा स्कुटर टिपरमा ठक्करपछि युवकको मृत्यु



 टिपरमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा स्कुटर चालक भक्तपुर नगरपालिका २ इताछें बस्ने ३० वर्षीय सञ्जय पक्काको मृत्यु भएको हो

११ साउन । भक्तपुरमा एक युवकले चलाएको स्कुटर टिपरमा ठोक्किदा मृत्यु भएको छ ।
प्रहरीका अनुसार सूर्यबिनायक नगरपालिका ८ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलले बा.९५ प ६४१३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सो मोटरसाइकलले ठक्कर दिएलगत्तै स्कुटर अनियन्त्रित भई बा.४ ख ११७२ नम्बरको टिपरमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा स्कुटर चालक भक्तपुर नगरपालिका २ इताछें बस्ने ३० वर्षीय सञ्जय पक्काको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका पक्काको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएर हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको जानकारी दिएको छ ।
सवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  १ : ३५ बजे