१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरले बनायो माइतीघर सडकमै शौचालय



महानगरका ट्वाईलेट भेइकल ल्याएर राखे पनि धेरै फोहोर बढेपछि हटाएर अस्थायी शौचालय निर्माण गरिएको हो

ललितखबर
१२ साउन । काठमाडौं महानगरले माइतीघर मण्डला सडकमै अस्थायी शौचालय निर्माण गरेको छ ।
लामो समयदेखि विभिन्न समूह आन्लोलन गरेर बस्न थालेपछि माइतीघर वरपर फोहोर बढेपछि महानगरले शौचालन निर्माण गरेको हो ।

 

राती सडकमै दिसापिसाप गरिदिंदा यहाँको वातावरण गन्ध आएर घिनलाग्दो बनेको छ

महानगरको वातावरण व्यवस्थापन विभागका नगर प्रहरी वालकृष्ण कार्कीका अनुसार आन्दोलन पुरा भएपछि शौचालन निकाल्न मिल्ने गरि शौचालय निर्माण गरिएको हो ।
उनले भने,‘महानगरका ट्वाईलेट भेइकल ल्याएर राखे पनि धेरै फोहोर बढेपछि हटाएर अस्थायी शौचालय निर्माण गरिएको हो ।’
महानगरले टेण्डरमार्फत दुईवटा शौचालन निर्माण गरिरहेको उनले जानकारी दिए । उनका अनुसार सडकमा रहेको मंगालमा पाइप जोडेर डण्डी र जस्तापाता जोडेर शौचालन निर्माण गरिएको हो ।
एक होटल व्यावसायीले आन्दोलनकारीका कारण माइतीघर मण्डला ज्यादै फोहोर बढेको गुनासो गरे । उनले भने, ‘राती सडकमै दिसापिसाप गरिदिंदा यहाँको वातावरण गन्ध आएर घिनलाग्दो बनेको छ ।’
माइतीघर मण्डलामा लघुवित्त पिडित, सहकारी पिडिललगायतका समूहका लगभग २ सय जना प्रर्दश नगरिरहेका छन् । उनीहरु त्रिपाल राखेर रातमा समेत सडकमै सुतिरहेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ३ : २१ बजे