१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


तस्विर चर्चा : राष्ट्रपतिले ललितपुरका मेयर चिरिवावुलाई छाता ओडाई दिएपछि…



ललितखबर
१२ साउन । शुक्रबार ललितपुरको पाटन दरवार पुगेका राष्ट्रपति रामचन्द्र पौडेलको एउटा तस्विर अहिले चर्चामा छ ।
तस्विरमा राष्ट्रपति रामन्चन्द्र पौडेल आफै छाता ओडेर हिडिरहेका छन् । सँगै ललितपुर महानगरका मेयर चिरिवावु महर्जन छातामा अटाएका छन् ।
सामाजिक सञ्जालमा राष्ट्रपति रामचन्द्र पौडेलले महानगरका मेयरलाई छाता ओडाई दिएको भन्दै सामाजिक सञ्जालमा चर्चा भएको हो ।
यो तस्विर नेपाली काँग्रेस निकटका पत्रकार र कार्यकर्ताको लागि गसिप बनेको छ । उनीहरुले सामाजिक सञ्जालहरुमा राष्ट्रपति पौडेलको उद्धारताको चर्चा गरिरहेका छन् । केही समयअघि सडकमा ट्राफिक जाम नगराई सवारी गराएको राष्ट्रपतिको चर्चा भएको थियो ।
मेयर महर्जन नेपाली काँग्रेस पार्टीबाट विजयी भएका हुन् भने राष्ट्रपति पौडेल पनि गठबन्धनको तर्फबाट राष्ट्रपतिमा विजयी भएका हुन् ।
राष्ट्रपतिको सचिवालयका फोटोग्राफर अनिस रेग्मीले खिचेको यो तस्विर सञ्चारमाध्यमहरुका पठाइएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ४ : ५७ बजे