३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘कार्साङ’को ओभरसिज राइट्स महँगो मूल्यमा बिक्री



चलचित्रमा मुख्य अभिनेताका रुपमा दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् भने नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भइसकेकी छिन्

१२ साउन । चलचित्र ‘कार्साङ’को ओभरसिज राइट्स महँगो मूल्यमा बिक्री भएको छ ।

यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो चलचित्रको अन्तराष्ट्रिय रिलिज सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले गर्ने भएको हो । चलचित्रको निर्माण पक्ष र सेभेन सिज कम्पनीबीच आधिकारिक संझौता भइसकेको छ ।
शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको चलचित्रका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने बताइएको छ ।

यम शेर्पाको निर्देशनमा बन्ने यो चलचित्रमा मुख्य अभिनेताका रुपमा दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् भने नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भइसकेकी छिन् । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय चलचित्र हो । यसअघि उनले थुप्रै सर्ट चलचित्रको निर्देशन गरिसकेका छन् । चलचित्रमा उनी स्वयंको लेखन (कथा, पटकथा तथा संवाद) रहेको छ ।

पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रमा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । चलचित्रको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ ।

चलचित्र ‘कार्साङ’का तर्फबाट यम शेर्पा र सेभेन सिजका तर्फबाट विनोद पौडेल, प्याट्रिक (प्रतिक) सुवेदी र रमेश ढकालले सम्झैता गरेका हुन् । चलचित्रको ओभरसिज राइट्स छायाकंन अगावै बिक्री भएको छ ।

तिहार लगतै छायाकंन गरिने यस चलचित्रको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स (रोहित–रत्न)ले लिएको छ । ओभरसिज राइट्स विक्री भएसँगै नेपाल र विदेश एकसाथ फिल्मलाई प्रदर्शन गर्ने निर्देशक शेर्पा बताउछन् ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ३ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।