नीर राजा (नीर शाह) लाई मैले अलिकति फरक चाहिएको भनेर भूमिका बुझाएँ । उहाँ आफैँले विभिन्न चरित्र देखाएपछि मैले चाहेको यो हो भने, यसरी हामीले छायाङ्कन सकेका थियौँ
१४ साउन । उनको पहिलो निर्देशकीय चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । गत असार २४ गतेबाट प्रर्दशन सुरु भएको यस चलचित्र हलहरुबाट उत्रेको छैन । पछिल्लो समय नेपाली चलचित्र चल्न छोडेपछि निराशा छाएसँगै चलचित्र ‘बगान’ले आशा जगाएको छ ।
चलचित्र जारीले एक सय दिन मनाउनु बाहेक केही समयदेखि चलचित्र हलमा दर्शको आर्कषण छैन ।
चलचित्र ‘बगान’ मा निर्देशक खनालसँगै करिश्मा मानन्धर, प्रमिला कार्की, आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मालगायत कलाकारले अभिनय गरेका छन् । कार्कीले यसै चलचित्रबाट अभिनय सुरू गरेका हुन् ।
स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफएक्स तथा रेनिश फागोले रङ संयोजन गरेका छन् । चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ ।
मलाई छायाङ्कनकै समयमा कसैले निर्देशकभन्दा नि अप्ठ्यारो हुन्थ्यो । मैले सरोज नै भनेर सम्बोधन गरिदिनुस् भनेर भन्थे
न्ेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता सरोज खनालको डेव्यु निर्देशन रहेको यस चलचित्र एकल नारीको मुख्य भुमिका अभिनेत्री करिष्मा मानन्धरले निभाएकी छिन् ।
“मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ सङ्ग्रहित कथामध्ये एउटा बगान थियो । त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आम दर्शक र समाजमा यो कथा पु¥याउनुपर्छ भन्ने लाग्यो”, अभिनेता खनालले भने, “यसलाई कथामार्फत नै दर्शकसामु पु¥याउनुपर्छ भन्ने लागेर निर्देशन गरेँ । मलाई छायाङ्कनकै समयमा कसैले निर्देशकभन्दा नि अप्ठ्यारो हुन्थ्यो । मैले सरोज नै भनेर सम्बोधन गरिदिनुस् भनेर भन्थे ।”
आफूलाई कथावाचक भन्न रुचाउने खनालले चलचित्रमा वरिष्ठ कलाकारलाई स्थान दिएका छन् । उनहरू अभिनयमा पोख्त हुनाका साथै चरित्रअनुसार उपयुक्त हुने भएकाले चलचित्रमा अधिकांश पुराना कलाकारलाई स्थान दिएको खनालले बताए ।
“छायाङ्कनका क्रममा कुनै कलाकारलाई पनि अभिनय गरेर बुझाइनँ, भनिनँ । केबल चरित्र र दृश्यलाई सम्झाएँ”, अभिनेता खनालले भने, “नीर राजा (नीर शाह) लाई मैले अलिकति फरक चाहिएको भनेर भूमिका बुझाएँ । उहाँ आफैँले विभिन्न चरित्र देखाएपछि मैले चाहेको यो हो भने, यसरी हामीले छायाङ्कन सकेका थियौँ ।”
सयौँ चलचित्रमा अभिनय गरिसकेका अभिनेता खनालले चलचित्रमा ‘स्टार’का रुपमा चिनिएका कलाकारभन्दा पनि विषयवस्तु र कथा महत्वपूर्ण हुनुपर्ने बताए । एकल महिलाको कथा, समवेदना र शिक्षाको महत्वलाई चलचित्रमा प्रस्तुत गरिएको उनको भनाइ छ । आफैँसँग धेरै चलचित्रमा सहकार्य गरेकी अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको भूमिकामा प्रस्तुत गरिएको उनले जानकारी दिए ।
“आफ्नो पात्रलाई जीवन्त बनाउनुभएकी कार्कीको उज्वल भविष्य देखेको छु । म आफ्नो कलाकारिताको अनुभवले पनि उहाँलाई मूल्याङ्कन गर्न सक्छु”, निर्देशक खनालले भने, “उहाँले पात्रलाई न्याय गर्नुभएको छ । यो कलाकारको सकारात्मक पक्ष हो ।”
अभिनेत्री कार्कीले पहिलो चलचित्रमार्फत पाएको प्रतिक्रियाले आगामी दिनमा कलाकारितामा लाग्न सहज हुने विश्वास व्यक्त गरिन् । उनले भनिन, “मैले पाएको पात्रलाई बाँच्ने कोशिस गरेकी हुँ । आफूभन्दा अग्रज कलाकारसँग काम गर्दाको फाइदा नै उहाँहरूको अनुभवलाई प्रयोग गर्न सकिन्छ । मैले यसलाई अवसरका रूपमा सदुपयोग गरेकी हुँ ।”
प्रतिक्रिया