१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


‘बालापनको तीज’ गीत लिएर आइन गायिका बबिना भट्टराई



 

१४ साउन । गायिका बबिना भट्टराईले नयाँ गीत लिएर स्रोता तथा दर्शकमाझ आएकी छन्।
सार्वजनिक गीतमा बाल्यकालको तीजलाई भावनामा व्यक्त गरिएको छ। ‘बालापनको तीज’ गीतमार्फत बालबालिकाहरुमा समर्पित रहेको छ। सांस्कृतिक सम्पतीको रुपमा सिर्जना गरिएको तीजको कोशेली साना साना नानीहरुको लागी सांस्कृतिक मनोरञ्जन प्रदान गर्नको लागी यो गीत तयार पारिएको गायिका भट्टराईले बताईन् ।

भीष्ममणि पाण्डेको शब्द रचनामा ‘बालापनको तिज’ नामक गीत बबिना भट्टराईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गीतलाई बबिनाकै संगीत सुन्न सकिन्छ।

केशब राज भट्टले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । यस गीतको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका छन्।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।