१६ साउन । अभिनेत्री सुरक्षा पन्त चलचित्र ‘कार्साङ’मा अनुबन्धित भएकी छन् ।
यम शेर्पाको निर्देशनमा बन्ने चलचित्र यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको हो ।
चलचित्रमा अभिनेता दयाहाङ राई, बुद्धि तामाङ तय भइसकेका छन् भने नवनायिकाका छिरिङ शेर्पा अनुबन्धित भएकी छिन् ।
शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्र ‘कार्साङ’मा सुरक्षा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरुको लाइनअप पुरा हुन लागेको निर्देशक शेर्पाले जानकारी दिए । निर्देशक शेर्पाको यो डेब्यू निर्देशनसँगैख लेखन (कथा, पटकथा तथा संवाद) समेत रहेको छ ।
चलचित्रका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने बताइएको छ ।
यस चलचित्र तिहार लगतै छायांकन गरिने यस फिल्मको बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाकंन गरिने निमार्ण पक्षले बताएको छ ।
चलचित्र ‘कार्साङ’को ओभरसिज राइट्स छायाकंन अगावै महँगो रकममा बिक्री पनि भइसकेको छ । यो चलचित्रलाई अन्तराष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको हो । चलचित्रको निर्माण पक्ष र सेभेन सिज कम्पनीबीच केही दिन अघि आधिकारिक संझौता भइसकेको छ ।
चलचित्रको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स (रोहित–रत्न)ले लिएको छ । ओभरसिज राइट्स विक्री भएसँगै नेपाल र विदेश एकसाथ चलचित्रलाई प्रदर्शन गर्ने निर्देशक शेर्पा बताउछन् । चलचित्रको पुरुषोत्तम प्रधानको छायांकन रहने छ ।
प्रतिक्रिया