१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मध्यपुरथिमिको सडक अपाङ्ग मैत्री बनाइँदै



हाललाई स्थायी संरचना नछुने अस्थायी संरचनालाई नछाड्ने नीतिअनुरुप सडकको मापदण्डबमोजिम सिमाङ्कन नगरपालिकाले गर्ने र ती सडकमा फुटपाथ निर्माण गरी पैदलयात्रीलाई मात्र होइन अपाङ्गता भएकालाई समेत आवतजावत गर्न सहज हुनेगरी सडक निर्माण भइरहेको छ
१९ साउन । मध्यपुरथिमि नगरपालिकाका सडक अपाङ्ग मैत्री बनाउन थालिएको छ । नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडक धमाधम अपाङ्गमैत्री बनाउन थालिएको हो ।
सडकको दुवैतर्फ पैदलमार्ग निर्माण गर्ने र सो पैदलमार्गको बीच भागमा पहेँलो रेखाङ्कन गरिएको छुट्टै लाइन ट्याकटायल निर्माण गरी दृष्टिविहीनलाई पनि पैदल हिँड्न सहज हुनेगरी सडकलाई अपाङ्गता मैत्री बनाउन थालिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष कृष्णहरि आचार्यले बताए ।
उनका अनुसार वडा नं ३ को गट्ठाघरचोकदेखि वडा नं २ को सानोथिमि चोकसम्मको सडक अपाङ्गमैत्री भएको छ । थिमिस्थित मध्यपुर अस्पताल हुँदै सूर्यविनायक नगरपालिकाको गाम्चा जाने सडकको फुटपाथ निर्माणसँगै अपाङ्ग मैत्री बनाउने कार्य भइरहेको छ ।
यसैगरी छिट्टै अरनिको राजमार्गको चारदोबाटो चोकबाट बालकोट जाने सडकको हनुमन्ते पुलसम्मको सडकलाई पनि अपाङ्गमैत्री बनाइने र थिमि चारदोबाटोदेखि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल हुँदै सिद्धिकाली चोकसम्मको सडकलाई पनि अपाङ्गमैत्री बनाउने पहल भइरहेको प्रवक्ता आचार्यले जानकारी दिए ।
नगरपालिकाले सडकको मापदण्डअनुसार सिमाङ्कन गर्ने र सडक विभागले फुटपाथ निर्माण गरी सडकलाई अपाङ्गमैत्री बनाउने कार्य भइरहेको नगरप्रमुख श्रेष्ठले बताए । “हाललाई स्थायी संरचना नछुने अस्थायी संरचनालाई नछाड्ने नीतिअनुरुप सडकको मापदण्डबमोजिम सिमाङ्कन नगरपालिकाले गर्ने र ती सडकमा फुटपाथ निर्माण गरी पैदलयात्रीलाई मात्र होइन अपाङ्गता भएकालाई समेत आवतजावत गर्न सहज हुनेगरी सडक निर्माण भइरहेको छ”, उनले भने ।
सडकमा अपाङ्गमैत्री पैदलमार्ग निर्माणसँगै सडकको सौन्दर्यसमेत वृद्धि भएको स्थानीयवासीको भनाइ थियो । यसबाट दुर्घटनामा समेत कमी आउने अपेक्षा गरिएको छ । सानोथिमिबाट गठ्ठाघरतर्फ आउँदै गर्नुभएकी रिता श्रेष्ठले पैदलमार्गको निर्माणले निर्धक्कसँग हिँड्न पाइएको बताए । “बालबालिकालाई विद्यालय पु¥याउन र विद्यालयबाट फर्किंदा सधैँ यही बाटोबाट पैदल हिँड्नुपर्छ । पैदलमार्ग नहुँदा सडकबाट हिँड्नु पर्दथ्यो । अब सजिलो भएको छ”, उनले भने ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ६ : ३७ बजे