४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राख्न अनुमति



२४ साउन । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको हो ।
ब्युरोले असार १२ मा भाटभटेनी सुपर मार्केटका सञ्चालक ६९ वर्षीय गुरुङ र पूर्व निर्वाचन आयुक्त ६९ वर्षीय सुधीरकुमार शाहसहित ४ जनालाई पक्राउ गरेको थियो । सो मुद्दामा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या २० पुगेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ३ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।