१६ कार्तिक २०८१, शुक्रबार | Sat Nov 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कार्यक्रममै अभिनेत्री रेजिनाले पैसा मागेपछि संगितकार शम्भुजित अक्क न बक्क (भिडियो)



बजेटका कुरा पछि गरौंला

ललितखबर
२६ साउन । राजधानीमा आयोजित एक म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा अभिनेत्री रेजिना उप्रेतीले म्युजिक भिडियोमा नाचेको पारिश्रमिक ‘कहिले मिलाउने’ भन्दै मागेपछि संगितकार शंम्भुजित बासकोटा अक्क नबक्क बनेका छन् ।
गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री रेजिनाले पारिश्रमिक मागेकी हुन् ।

 

बोल्ने क्रममा अभिनेत्री रेजिनाले संगितकार बासकोटाले फोन गर्नासाथ गीतमा नाच्न तयार भएको बताएकी थिइन् । तर बोल्ने क्रममा आफैले गीत कलाकार र पारिश्रमिकबारे सोधेको बताइन् । फोन संवादमा संगितकार बासकोटाले ‘मिलाउला नि’ भनेको उल्येख गरिन् ।
पारिश्रमिक लिने विषयमा कुरो निकालेपछि संगितकार बासकोटा अक्क न बक्क मात्रै बनेनन्, अनुहार रातो बनाए । सार्वजनिक कार्यक्रममा पारिश्रमिक मागेपछि सच्याउदै अभिनेत्री उप्रेतीले हाँस्दै रमाइलो गरेको भन्दै सच्याएकी थिइन् ।
सार्वजनिक कार्यक्रममै पारिश्रमिकको कुरा उठाएपछि संगितकार बास्कोटाले पनि काउण्टर जवाफ दिन अर्को ‘रमाइलो गरौं’ भन्दै जवाफ फर्काएपछि अभिनेत्री उप्रेतीले ‘भयो दाई भयो’ भन्दै हातै समाएपछि बास्कोटा रोकिए । उनले पारिश्रमिक माग्ने कलाकारको अभिनय अर्कै अर्कै हुने भन्दै टारे । भने, बजेटका कुरा पछि गरौंला ।
अर्की अभिनेत्री दिपाश्री निरौलाले तीजको म्युजिक भिडियोमा नाच्न आफू हुरुक्कै हुने अनुभव बाँडिन् । संगीतकार बास्कोटाले गीतमा नाच्न अफर गरेपछि सहर्ष स्वीकार गरेको बताइन् ।
गायिका थापाले संगितकार बास्कोटाको गीत सुन्नमा सजिलो भएपछि गायन गाह्रो हुने अनुभव सुनाइन् ।

सङ्गीतकार शम्भुजीत बाँस्कोटाले सङ्गीत र शब्द रहेको गीतमा अभिनेत्री शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, नीता ढु¬ङ्गाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, गोमा केसी, शिला गजुरेल, मीना लामालगायतको नृत्य छ ।

हेर्नुस् भिडियो :

 

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ३ : ३६ बजे