लेन्स : किर्तिपुर सेरोफेरो 252 Shares -A A +A २७ साउन । काठमाडौंको कीर्तिपुरनजिकै बल्खु खोला पौडी खेल्न खोलामा पसेका दुई वालकहरुको प्रहरीले उद्दार गरेको छ । शनिबार काठमाडौं कलंकी बस्ने ११ वर्षीय सुमित आचार्य र १२ वर्षीय रिदम अधिकारी बल्खु खोला जिरो पोइन्टमा पौडी खेल्न गएका थिए । उनीहरु खोलामा पुगेपछि खोला बाढी आएर बढेको थियो । खोलाको बीचमा अलपत्र परेका उनीहरुको प्रहरीले उघार गरेर प्रहरीले वृत्तमा किर्तिपुर लगेको छ । पारिवार सम्पर्कमा आएपछि बुझाउने प्रहरीले जानकारी दिएको छ । उद्दार गरिएका वालकहरुको स्वास्थ्य राम्रो रहेको प्रहरीको भनाई छ । बीच खोलामा फसेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरिएका थिए । शनिबार छुट्टीको दिन वालवालिकाहरु खोलामा पुगेका हुन् । प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार ११ : ११ बजे
प्रतिक्रिया