१६ कार्तिक २०८१, शुक्रबार | Sat Nov 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ ले जित्यो पचास लाखभन्दा धेरै रकम



२७ साउन । अविनाशविक्रम शाहले निर्देशन गर्ने चलचित्र ‘एलिफेन्ट इन द फग’ले बर्लिनको ‘वर्ल्र्ड सिनेमा फन्ड’ पाउन सफल भएको छ । पचास देशका एक सय ४० चलचित्रबाट उत्कृष्ट १३ मा पर्न सफल सो चलचित्र निर्माणका लागि पचास लाखभन्दा धेरै रकम (४० हजार युरो)े प्राप्त हुने निर्माता अनुप पौडेलले जानकारी दिएका छन् ।

यो कार्यक्रमको ३८ औँ संस्करणमा निर्णायकले १३ वटा चलचित्रलाई सहयोग गर्ने घोषणा गरेका थिए । जसमा नेपालबाहेक भूटान, ब्राजिल, इन्डोनेसिया, इजरायल, प्यालेस्टाइन, सोमालिया, सुडान, टर्की आदि देश रहेका छन् । जहाँ १० चलचित्रलाई निर्माण सहयोग र तीन वटालाई वितरणको रकमका लागि सिफारिस गरेका हुन् ।

प्राप्त रकम एकै पटक प्रयोग गर्न नपाइने निर्माता पौडेलले जानकारी दिए । उनले भने, “यसले हामीलाई चलचित्र निर्माणमा राम्रै सहयोग हुन्छ । पहिलो किस्तामा ५० प्रतिशत र बाँकी कामको विकाससँगै रकम प्राप्त हुनेछ ।” आउँदो माघमा छायाङ्कन गर्ने तयारी गरिएको चलचित्रमा प्रेमीसँग विवाह गरेर ढुक्कको जीवन बिताउने पिरती नामकी पारलैङ्गिक महिलाको छोरी हराएपछिको कथालाई चित्रण गरिनेछ ।

 

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ४ : २४ बजे