१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा सापारु भदौं १४ गते मनाइने



२९ साउन । भक्तपुरमा गुन्हुँपुन्ही (जनैपूर्णिमा) भदौ १३ गते र सापारु (गाईजात्रा) भदौ १४ गते मनाउने निर्णय गरिएको छ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेकाले नगरपालिकाले तलेजुका पुजारीहरुसँगको छलफलपछि सो निर्णय गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिएका छन् ।

भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्यौल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोही अनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलन रहेको छ । तिथि घटबढका कारण कुनै दुई तिथि एकै दिन परे तलेजुका मूल पुजारी राजोपाध्याय एवम् पुजारीहरु कर्माचार्य र जोशीहरुले आपसमा ज्योतिष विज्ञानका आधारमा छलफल गरी चाडपर्व मनाउने गर्दछ ।

सोही अनुसार भक्तपुर नगरपालिकाले तलेजुका मूल पुजारी र पुजारीहरुसँग छलफल गरी भदौ १३ गते जनैपूर्णिमा र १४ गते गाईजात्रा मनाउने निष्कर्षमा पुगेको जनाउँदै सोही अनुसार गर्न सर्वसाधारणलाई आग्रह गर्दै सूचित गरेको हो ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ३ : ४१ बजे