४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जय हो’ हेरेर कलाकारहरुले दिए राम्रो प्रतिकृया



चलचित्र हेरेर आनन्द आयो

ललितखबर
७ भदौं । राजधानीमा बुधबार चलचित्र ‘जय हो’ को प्रिमियर आयोजना गरिएको छ । कलाकार पत्रकार र शुभेच्छुकहरु माझ चलचित्र हेरेर कलाकारहरुले ‘राम्रो’ प्रतिकृया दिएका छन् ।
अभिनेता हरिवंश आचार्यले अपर्ण थापा,केकी अधिकारी, सलोन बस्नेतलगायतको अभिनय मन परेको प्रतिकृया दिए ।
अभिनेत्री पुजा शर्माले सिनेमेट्रोग्राफर सौरभ लामाले राम्रोसँग खिचेको प्रतिकृया दिइन् । उनले मुस्ताङ स्वर्गजस्तै लाग्ने र उनले झनै राम्र देखिएको बताइन् । उनले भनिन्,‘चलचित्र हेरेर आनन्द आयो ।’
अभिनेत्री गौरी मल्लले कलाकारहरुको अभिनय राम्रो लागेको बताइन् । भनिन्, ‘केकी अधिकारीको अभिनय बेस्ट लाग्यो । माउसे गुरुङ ह्याण्डसम लाग्यो ।’
अभिनेता तथा चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीले सलोन बस्नेतले आफूलाई प्रमाणित गरेको बताए । भने,‘निशा अधिकारीले राम्रो गरेकी छिन् । राम्रो कलाकारले जस्तो पनि रोल गर्न सक्छ भन्ने उनले देखाएकी छिन् ।’
अभिनेता सलोन बस्नेतले चलचित्र राम्रो बनेको आफूले अनुभव गरेको प्रतिकृया दिए । चलचित्रको फ्लो राम्रो पाएको उनको भनाई छ ।
अभिनेत्री केकी अधिकारीले आफ्नो चलचित्र हेर्न अप्ठ्यारो लाग्ने भए पनि मनोरञ्जन लिएको बताइ्न ।
निर्माता सोभित बस्नेतले अष्ट्रेलियामा राम्रो शो पाएको र अझ बढ्न सक्ने भन्दै सत्साह व्यक्त गरे ।

हेरौं भिडियो :

 

 

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ६ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।