२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कीर्तिपुरमा कुखुराको खोरभित्र भेटिएको चितुवा भाग्यो



७ भदौ । कीर्तिपुरको थापागाउँस्थित कुखुराको खोरभित्र भेटिएको चितुवा नियन्त्रण लिने प्रयास गर्दागर्दै भागेकाे छ। चितुवा नियन्त्रणमा लिन डिभिजन वन कार्यालयको प्राविधिक टोलीले प्रयास गरेको थियाे। डार्ट प्रहार गरी नियन्त्रणमा लिने प्रयास असफल भएपछि चितुवा त्यहाँबाट भागेको बताइएको छ। चितुवा कुखुराको खोरबाट निस्किएर खोल्सातिर भागेको हो।

बुधबार राति करिब एक बजेतिर कुखराको खोरभित्र पसेको चितुवाले त्यहाँ सुतिरहेका एकजनालाई आक्रमण गरेर घाइते बनाएको थियो। चितुवाको आक्रमणमा परी घाइते भएका ती व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

ती व्यक्तिले प्रतिरक्षा गर्दा चितुवालाई पनि चोट लागेको छ। प्रत्यक्षदर्शीका अनुसार चितुवाको च्यापुको भागमा चोट लागेको छ। स्थानीयले चितुवालाई खोरभित्रै थुनेर राखेका थिए। कुखुराको खोरभित्र चितुवा थुनिएको जानकारी पाएपछि डिभिजन वन कार्यालयको प्राविधिक टोली डार्टसहित कीर्तिपुर पुगेको थियो ।

कीर्तिपुरमा चितुवा भेटिएको स्थान कीर्तिपुर र थानकोटको सिमानामा पर्दछ। सुरुमा थानकोट रातभर थानकोटका प्रहरी टोलीले चितुवाको निगरानी गरेको थियो।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ७ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।