२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसदीय समितिका १० सभापति निर्विरोध नवनिर्वाचित



११ भदौ । प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सिंहदरबारस्थि कृषि समितिको हलमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका नवनिर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शपथ ग्रहण समारोहमा उपसभामुख इन्दिरा राना र कानुनीमन्त्री धनराज गुरुङ पनि उपस्थित थिए । यसअघि प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका हुन् ।

राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडा, कृषि सहकारी तथा वातावरण समितिमा डा. आरजु राणा देउवा, अर्थ समितिमा सन्तोष चालिसे, महिला समितिमा एमालेका किरण साह, लेखा समितिमा ऋषिकेश पोखरेल, कानुन न्याय तथा मानव अधिकार समितिमा माओवादी केन्द्रकी विमला सुवेदी, पूर्वाधार विकास समितिमा राप्रपाका दिपक बहादुर सिंह, स्वास्थ तथा शिक्षा समितिमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपा नेपालका राजकिशोर यादव र उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्वाचित भएका छन् ।

उद्योग समितिको सभापतिमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सोमबार उम्मेदवारी फिर्ता लिँदै समर्थन गरेपछि जनमत पार्टीका खान पनि निर्विरोध निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  १२ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।