६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चीनले नयाँ नक्सा जारी गर्दा समेटेन नेपालको चुच्चे नक्सा



१२ भदौ ।  चीनले आफ्नो नयाँ नक्सा जारी गरेको छ । चीनले जारी गरेको उक्त नक्सामा नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) नभएर पुरानै नक्सा राखिएको छ । नेपालले २०७७ मै लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो । तर, चीनले हालै जारी गरेको आफ्नो नयाँ नक्सामा उक्त भूमि नेपालको नक्सामा देखाइएको छैन ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले ट्विट गरेर यो नक्साबारे जानकारी दिएको हो । ग्लोबल टाइम्सले चीनले जारी गरेको नयाँ नक्साको तस्वीर पनि ट्विट गरेको छ । चीनले जारी गरेको यो नक्सामा आफ्नो भूमि समेटिएको भन्दै भारतले त्यसबारे प्रतिक्रिया दिइसकेको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ५ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।