९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मानसिक तनाव भएको भन्दै विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे सरुवा (सूचीसहित)



१३ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक सय ३७ जना कर्मचारीले सामूहिक सरुवाको माग गरेका छन्। ति कर्मचारीले कार्यालयमा रहँदा मानसिक तनाव र दुःख झेल्नु परेको कारण दर्शाएका छन्।

सरुवाका लागि भन्सार विभागमा निवेदन दिएका हुन्। सरुवा माग्नेमा विमानास्थल भन्सार कार्यालयका ३५ अधिकृतसमेत छन्।

भन्सार विभागका महानिर्देसकलाई संवोधन गर्दै दिएको निवेदनमा ६० किलो सुनको विषयमा विभिन्न निकायबाट अनुसन्धान र छानबिनको वहानामा दुःख दिएको उल्लेख छ। उनीहरुले कार्यालयमा बसेर कामकारबाही गर्न कठिनाइ भएको निवेदनमा जनाएक छा्।

यस्तै कर्मचारीले मानसिक तनावका कारण घर, परिवार तथा समाजबाट समेत बहिष्कार हुने स्थिति सिर्जना भएको समेत बताएका छन्। सुन प्ररकणलाई लिएर आफुहरुप्रति हेर्ने दृष्टिकोण समेत पूर्ण नकरात्मक हुँदै गएको भनाई पनि ति कर्मचारीको छ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ८ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।