८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका यी रुटमा बिहीबार र शुक्रबार सवारी साधन जान नपाउने



१३ भदौ । गाईजात्रा (सापारु) र गुँपुन्हि (क्वाति पुन्हि) पर्वमा काठमाडौं महानगरपालिकामा विभिन्न मार्गहरु बन्द हुने भएका छन् । महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै बन्द हुने बाटोहरुबारे जानकारी दिएको हो ।

महानगरकाअनुसार जात्रा हुने भदौ १४ गते बिहीबार र १५ गते शुक्रबार यी बाटोहरु बन्द हुनेछन् । सूचनामा उल्लेख भएअनुसार जात्रा हुने मार्गहरुबाट प्रवेश हुने सबै प्रकृतिका सवारी साधनहरुलाई उक्त दिन प्रवेश गर्न निषेध गरिएको छ ।

गाईजात्रा हुने मार्गमा असनदेखि केलटोल, इन्द्रचोक, मखन, हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैशिदेव, ज्याबहाल, लगन चोक, गोफल, ब्रह्मटोल, वन्डे, ह्युमत, जैशिदेव, कोहिटि, भिमसेनस्थान, मरु टोल, प्याफल, ढोकाटोल, मुकुमबही, यट्खा, नरदेवी, टेंगल, न्हयोखा, बांगेमुढा, न्हैकन्तला, असन, कमलाछि र भोताहिटि हुँदै असनसम्मको मार्ग बन्द रहनेछन् ।

महानगरकाअनुसार यी मार्गहरुमा बिहीबार र शुक्रबार कुनै पनि सवारी साधनको प्रवेश हुन पाउने छैनन् ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ११ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।