४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री स्वस्तिमा खड्का पहिलोपल्ट चलचित्रको ‘प्रिमियर शो’मा सहभागी



हेर्दा अप्ठ्यारो अनुभव भयो । तर मनोरञ्जन लिएर हेरे

ललितखबर
१४ भदौं । झण्डै दर्जनको संख्यामा नेपाली चलचित्रहरुमा अभिनय गरेकी अभिनेत्री स्वस्तिमा खड्का पहिलो पल्ट आफूले अभिनय गरेको चलचित्रको प्रिमियर कार्यक्रममा बुधबार सहभागी भएकी छिन् ।
आफ्नो चलचित्र प्रर्दशनीको क्रममा पहिलो प्रिमियर कार्यक्रममा कलाकार, पत्रकार र शुभेच्छुकहरुमाझ बसेर आफूले अभिनय गरेको चलचित्र हेर्दा अप्ठ्यारो लागेको अभिनेत्री खड्काले सञ्चारकर्मीहरुमाझ अनुभव सुनाइन् । उनले भनिन्,‘हेर्दा अप्ठ्यारो अनुभव भयो । तर मनोरञ्जन लिएर हेरे ।’
अभिनेत्री खड्काले आफूले खेलेको चलचित्रको विशेष शोहरुमा सहभागी भएको भए पनि प्रिमियरमा चाही पहिलोपल्ट मात्रै सहभागी भएको उनको भनुभव छ । भनिन्, ‘मैले अभिनय गरेको चलचित्रका अरु निर्माताहरुले प्रिमियर कार्यक्रम नै राखेनन् । त्यसैले सहभागी हुन नपाएको हो ।’

हेर्नुस् भिडियो :

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ६ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।