ललितखबर
१४ भदौं । राजधानीमा आयोजित चलचित्र अैंचो पैंचोको प्रिमियर कार्यक्रममा सहभागी शुभेच्छुक दर्शकहरुले राम्रो चलचित्र हेर्न पाएको प्रतिकृया दिएका छन् ।
कलाकार तथा निर्देशक दिपाश्री निरौलाले राम्रो चलचित्र बनेकोमा निर्देशक कृषा चौलागाईलाई बधाई दिइन् । उनले महिला निर्देशकहरुलाई चलचित्र क्षेत्रमा स्वागत गर्नु पर्ने बताइन् ।
अभिनेत्री बर्षा राउत पहिलेदेखि नै चलचित्र राम्रो बनेकोमा ढुक्क रहेको बताउछन् ।
पुर्वमन्त्री प्रेम आलेले चलचित्रले राजनीतिक विषय उठान गरेकोमा खुशी व्यक्त गर्दै राजनीतिलाई पेशा बनाउन नहुने र सेवाको भावनाले काम गर्न अभिप्ररित गरेको बताए ।
सासंद ज्ञानेन्द्र शाहीले राजनीतिक सन्देश दिएको चलचित्रले बर्तमान परिस्थिती प्रष्टै बोलेको बताए ।
अभिनेता सलोन बस्नेतले नेपाली जनाको आजकलको राजनीतिक समस्याबारे बोलिरहेको जीवनको चलचित्रले बोलेको भन्दै चलचित्र राम्रो बनेको बताए ।
निर्देशक तथा निर्माता सोभित बस्नेतले चलचित्र हेरेर नेता दुःखी भए पनि कार्यकर्ता खुशी हुने प्रतिकृया दिए ।
निर्देशक कृषा चौलागाईले सबैको प्रतिकृयाले उत्साह बढेको बताइन् । सबैको कुरा सुन्दा चलचित्र राम्रो बनेको जस्तो लाग्छ ।
चलचित्र प्रर्दशन अघि अभिनेत्री स्वस्तिमा खड्का, बर्षा राउत । अभिनेताहरु सुशील सिटौला, कोशिष क्षेत्री,निर्देशक कृषा चौलागाईलगायत रेड कार्पेटबाट हिडेर चलचित्र भवनमा प्रवेश गरेका थिए ।
चलचित्र हेर्न पुर्वप्रधानमन्त्री माधव नेपाल, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना,सा.स्दहरु ज्ञानेन्द्र शाही महेश बस्नेतलगायत चलचित्र हलमा पुगेका थिए । प्रिमियरमा शुभेच्छुकहरुको भीड थियो ।
हेर्नुस् भिडियो :
प्रतिक्रिया