५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा अभिनेता मुकुन भुषाल अनुबन्धित



१३ भदौ । जनैपूर्णिमाको अवसर पारेर रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने अनटाइटल चलचित्रको औपचारिक घोषणा गरिएको छ। पारिवारिक कथामा बन्ने चलचित्रमा मुख्य अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन्।

चलचित्रमा डेब्यु अभिनेता मिलन मिश्र पनि अनुबन्ध भएका छन्। दुई अभिनेत्रीको खोजी कार्य भईरहेको निर्माण पक्षले जानकारी दिएको छ। रघुनाथ सापकोटाको कथा,सुनील निउरेको पटकथा सम्बाद रहने चलचित्रको निर्देशन नबिन भट्टले गर्नेछन्।

ज्ञानेन्द्र शर्मा हुमागाईले छायाँकन गर्ने चलचित्रमा अर्जुन पोखरेलको संगीत रहनेछ। रघुनाथ सापकोटाको प्रस्तुतिमा निर्माण हुने चलचित्र असोज पहिलो साताबाट फ्लोरमा जाने तयारीमा रहेको छ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ११ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।