१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको ढुंगेअड्डाबाट लुटिएको सुनको मुन्द्रासहित दुई युवक पक्राउ



काठमाडौं
१५ भदौ । काठमाडौंको ढुंगेअड्डाबाट लुटिएको करिब आधा तोला सुनको मुन्द्रा २ थानसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका १३ घर भएका २४ राजन लामा र उदयपुर घर भएका २२ वर्षीय अमिष भुजेल रहेका छन् ।
चन्द्रागिरि नगरपालिका १५ तीनथाना डेरा गरी बस्ने धादिङ नौबिसे घर भएका २६ वर्षीय पुरूषले कानमा लगाएको उक्त मुन्द्रा ढुङ्गेअड्डास्थित सडकबाट लुटिएको भन्ने खबर
पछि प्रहरी वृत्त थानकोटबाट तत्काल खटिएको प्रहरीले उनीहरुलाई उक्त मुन्द्रासहित पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  २ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।