१६ भदौं । अभिनेता स्व.सारुक ताम्रकारको न्यायका लागि कलाकारहरु आज प्रर्दशन गर्ने भएका छन् । आज १२ बजे माइततीघर मण्डलामा कलाकारहरु सरकार र प्रहरी प्रशासनलाई दबाब दिन प्रर्दशन गर्दैछन् ।
चलचित्र ह्यासट्याग मायाँ छायांकनका समयमा घटेका विभिन्न घटनासँग जोडेर अभिनेता स्व. सारुकको आत्महत्याको गहिरो अनुसन्धान हुनुपर्ने कलाकारहरुले आवाज उठाइरहेका छन् ।
चलचित्रको छयांकनकै समयमा असार २१ गते निजी निवासमा उनी मृत अवस्थामा फेला परेका थिए । उनको परिवार र केही कलाकारहरु स्व.सारुकको मृत्युप्रकरणको बास्तविक पाटो सार्वजनिक हुनु पर्ने माग राखेर प्रहरी परिसर टेकुमा जाहेरी दिन पुगेका थिए ।
तर प्रहरीले निधनकै दिन परेको निवेदनमा अनुसन्धान भइरहेको भन्दै पिडितहरुलाई फर्काएको थियो । अनुसन्धान भइरहेको र अनुसन्धानबाट सही कुरा बाहिर ल्याउने प्रहरीले आश्वासन समेत दिएको थियो ।
अभिनेता स्व.सारुखको शोकमा रहेका उनका बावु कलाकार सानु ताम्रकारको समयत गत शनिबार निधन भएको थियो । हाल परिवारमा स्व. सारुककी आमा रुक्मिणी ताम्रकार मात्रै छिन् । प्रर्दशन शान्तिपूर्ण हुने एक कलाकारले ललितखबरसँग बताए ।
प्रतिक्रिया