१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरका मेयर बालेनको धम्की, ‘सिंहदरवारमा आगो लगाइदिन्छु’



ललितखबर

१६ भदौं । काठमाडौं महानगरका मेयर बालेन शाहले सिंहदरवारमा आगो लगाइदिने धम्की दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले सिंहदरवारमा गाडी रोकेको भन्दै आक्रोस पोखेका हुन् । उनले संघीय सरकारलाई अपशव्द बोल्दै ‘याद राख चोर सरकार’ समेत लेखेका छन् ।

उनका अराजकशैलीका चौतर्फी विरोध भएपछि माफी माग्नुको साटो उनको सचिवालयले काठमाडौं महानगरको लेटरहेटमा स्प्रष्टिकरण लेखेका थिए ।
केही समयअघि मेयर शाहले सिंहदरवारका नेताहरुलाई बञ्चरैडाँडाको डम्पिङ्ग साइटमा डम्प गर्नु पर्ने धम्की दिदै सामाजिक सञ्जालमा लेखेका थिए ।
केन्द्र सरकारसँग आक्रोस पोख्दै आएका मेयर शाहलाई सवोच्च अदालतले विभिन्न मुद्दामा अन्तरिक आदेश दिएर काम गर्न रोक लगाइरहेको छ ।

यस्तो छ बालेनले लेखेको स्टाटस :

आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ३ : ५२ बजे