२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरका मेयर बालेनले ‘सिंह दरवार जलाउछु’ भन्ने स्टाटस फेसबुकबाट हटाए



ललितखबर
१८ भदौं । काठमाडौं महानगरका मेयर बालेन शाहले सिंहदरवार जलाउछु भन्दै लेखेको स्टाटस फेसबुकबाट हटाएका छन् ।
मेयर बालेन शाहले सिंहदरवारमा आगो लगाइदिने धम्की दिएका थिए । उनको धम्कीको चौतर्फी रुपमा आलोचना भएको थियो ।
सामाजिक सञ्जाल फेसबुक मेयर शाहले श्रीमती चढेको गाडी रोकेको भन्दै आक्रोस पोखेका थिए । उनले संघीय सरकारलाई अपशव्द बोल्दै ‘याद राख चोर सरकार’ समेत लेखेका थिए ।
केही समयअघि मेयर शाहले सिंहदरवारका नेताहरुलाई बञ्चरैडाँडाको डम्पिङ्ग साइटमा डम्प गर्नु पर्ने धम्की दिदै सामाजिक सञ्जालमा लेखेका थिए ।
केन्द्र सरकारसँग आक्रोस पोख्दै आएका मेयर शाहलाई सवोच्च अदालतले विभिन्न मुद्दामा अन्तरिक आदेश दिएर काम गर्न रोक लगाइरहेको छ ।

यस्तो थियो बालेनले लेखेको स्टाटस :

आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ४ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।