६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरका मेयर बालेनले ‘सिंह दरवार जलाउछु’ भन्ने स्टाटस फेसबुकबाट हटाए



ललितखबर
१८ भदौं । काठमाडौं महानगरका मेयर बालेन शाहले सिंहदरवार जलाउछु भन्दै लेखेको स्टाटस फेसबुकबाट हटाएका छन् ।
मेयर बालेन शाहले सिंहदरवारमा आगो लगाइदिने धम्की दिएका थिए । उनको धम्कीको चौतर्फी रुपमा आलोचना भएको थियो ।
सामाजिक सञ्जाल फेसबुक मेयर शाहले श्रीमती चढेको गाडी रोकेको भन्दै आक्रोस पोखेका थिए । उनले संघीय सरकारलाई अपशव्द बोल्दै ‘याद राख चोर सरकार’ समेत लेखेका थिए ।
केही समयअघि मेयर शाहले सिंहदरवारका नेताहरुलाई बञ्चरैडाँडाको डम्पिङ्ग साइटमा डम्प गर्नु पर्ने धम्की दिदै सामाजिक सञ्जालमा लेखेका थिए ।
केन्द्र सरकारसँग आक्रोस पोख्दै आएका मेयर शाहलाई सवोच्च अदालतले विभिन्न मुद्दामा अन्तरिक आदेश दिएर काम गर्न रोक लगाइरहेको छ ।

यस्तो थियो बालेनले लेखेको स्टाटस :

आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ४ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।