१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सारुक आत्महत्याबारे छानविनको प्रगती सार्वजनिक गर्न आमा रुक्मिणीको माग



१८ भदौं । अभिनेता स्वर्गीय सारुक ताम्रकारको आत्महत्याको विषयमा प्रहरीले गरिरहेको छानविनको विवरण सार्वजनिक गर्न उनकी आमा रुक्मिणी ताम्रकारले माग गरेकी छिन् ।
ताम्रकारले सामाजिक सञ्जालमा लेख्दै छोरा गुमाउनुको साथै ५२ दिनमा श्रीमान पनि गुमाउदा आफूमाथि ठुलो बज्रपात परेको र यतिका दिनसम्म पनि पुलिस प्रशासनबाट छानबिन कहाँ सम्म पुग्यो भन्ने कुराको खबर नआएकोमा उनले चिन्ता व्यक्त गरेकी छिन् ।

उनले छोराको अन्तिम शुटिंगको बेला के भएको थियो ? र छोराले यो कदम कसरी लियो भन्ने कुराको छानबिन राम्रोसंग प्रहरी प्रशासनलाई अनुरोध गरेकी छिन् । प्रहरी समक्ष फोन विवरण प्रस्ट अगाडी ल्याउन समेत उनले माग राखेकी छिन् ।

चलचित्र ह्यासटेयाग मायाँको छायांकन चलिरहेको अवस्थामा अभिनेता सारुख ताम्रकार काठमाडौंको कालोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेको अवस्थामा भेटिएका थिए ।
कलाकार समेत रहेका सानु र रुक्मिणी ताम्रकारका एक मात्र छोरा सारकको मृत्युपछि शोकमा रहेका उनका वावुको पनि केही दिनअघि मृत्यु भएको थियो ।
सारुकको मृत्युपछि दिइएको जायरीको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको परिवार नथा कलाकारलाई काठमाडौं प्रहरी परिसरका प्रहरीले अनुसन्धान जारी रहेको भन्दे केही साताअघि फर्काएका थिए ।
उनको आत्महत्याका विषयमा थप अनुसनधान आवश्यक रहेको र अनुसन्धानका क्रममा सबै कुरा खुलाउनु जायज नभएको प्रहरीको भनाई रहेको चलचित्र पत्रकार संघका अध्यक्ष मोहन निरौलाले प्रहरीलाई उदृत गर्दै त्यस बखत सञ्चारमाध्यमहरुलाई बताएका थिए ।
यस्तो छ उनको स्टाटस :

मेरो छोरा गुमाउनुको साथै ५२ दिनमा मेरो श्रीमान पनि गुमाउदा म माथि ठुलो बज्रपात परेको छ । यतिका दिनसम्म पनि पुलिस प्रशासनबाट छानबिन कहाँ सम्म पुग्यो भन्ने कुराको खबर नआउदा म सम्पूर्ण पुलिस प्रशासनलाई अनुरोध गर्दछु कि छोराको अन्तिम शुटिंगको बेला के भएको थियो र मेरो छोराले यो कदम लियो भन्ने कुराको छानबिन राम्रोसंग गरियोस र पुलिसले फोन विवरण प्रस्ट अगाडी ल्याउनु हुन अनुरोध गर्दछु ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  २ : ३९ बजे