१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


यस्ता छन् राजधानीमा हुने आजका कार्यक्रम



२० भदौं । राजधानीमा आज विभिन्न कार्यक्रम हुने भएका छन् । आज राजनीतिकलगायत महत्वपूर्ण कार्यक्रमहरु खासै नभए पनि राजधानीमा धर्ना जुलुसलगायत कार्यक्रम हुदैछन् । यस्ता छन् आज राजधानीमा हुने कार्यक्रम :

उपत्यकामा आज हुने कार्यक्रमहरू :

१.नेकपा (एमाले) सूर्यविनायक न.पा. २ नं. वडा कमिटीले सरसफाई कार्यक्रम गर्ने ।
स्थान ः– हनुमन्ते पुल बालकोट–कौशलटार सिमा, भक्तपुर ।
समय ः– ७ः०० बजे ।

२.नेपाली काँग्रेस कीर्तिपुर नगरपालिकाको प्रथम नगर सम्मेलन हुने ।
स्थान ः– कृष्ण क्याटरिङ्ग, कीर्तिपुर ।
समय ः– ७ः०० बजे ।

३.महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव वेचविखनको १७ औं राष्ट्रिय दिवसको अवसरमा कार्यक्रम गर्ने ।
स्थान ः– नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रज्ञा सम प्रेक्षालय, कमलादी ।
समय ः– ८ः०० बजे ।

४.सोमालियन शरणार्थीहरुले सोमालियामा भएको युद्धको कारण आफुहरु विस्थापित हुनु परेको र तत्काल सोमालिया फर्कने स्थिति नरहेकोले आफुहरुलाई ग्ल्ज्ऋच् ले अन्य युरोपेली मुलुक लाई गरेको सहयोग सो सरह सोमालियाका नागरिक हरुलाई गाँस, बास, कपास को ब्याबस्था गर्नु पर्ने माग राखि शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने ।
स्थान ः–युएनएचसिआरको कार्यालय, महाराजगन्ज ।
समय ः– ९ः०० बजे ।

५.चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले विभिन्न माग राखि विरोध प्रदर्शन कार्यक्रम गर्ने ।
स्थान ः– माइतीघर मण्डला ।
समय ः– ९ः०० बजे ।

६.थारु टोल बचाऔं संघर्ष समिति भंगहा महोत्तरीले जग्गा हिनामिना गर्ने आयोग अध्यक्ष लाई कारबाही गर हाम्रो जमिन फिर्ता गर लेखिएको व्यानर सहित विरोध कार्यक्रम गर्ने ।
स्थान ः– माइतीघर मण्डला ।
समय ः– १०ः०० बजे ।

७.जिल्ला गोर्खा बारपाक गा.पा.वडा नं २ सुलिकोट घर बताउने बर्ष ६६ को तेल बहादुर घले मिति २०७५÷०६÷१४ गते नेपाली सेनाले सडक बनाउने क्रमा बिस्पोटन गर्दा घर र होटेल पुर्णरुपमा क्षती भएको र क्षेतिपुर्ती पूरा नपाएको भन्दै शान्तिपुर्ण धर्ना बस्ने ।
स्थान ः– माइतीघर मण्डला ।
समय ः– १०ः०० बजे ।

८.कैलाली जिल्ला गोदावरी नगरपालिका –१ घर भएका वर्ष २९ का पर्वतराज जोशी सरकार समक्ष गोदावरी नगरपालिका–५ गेटा, कैलालीमा ६०० सैया सहितको शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालन गर्न माग राखि धर्ना कार्यक्रम गर्ने ।
स्थान ः– माइतीघर मण्डला ।
समय ः– १०ः०० बजे ।

९.नागरिकता पिडित संघर्ष समितिले नागरिकता नियमावलीमा ढिला सुस्ती भएकोले सांकेतिक शान्तपुर्ण धर्ना कार्यक्रम गर्ने ।
स्थान ः– माइतीघर मण्डला ।
समय ः– १०ः०० बजे ।

१०.अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय सचिवालय बैठक बस्ने ।
स्थान ः– पद्मकन्या क्याम्पस, बागबजार ।
समय ः– १०ः३० बजे ।

११.राष्ट्रिय युवा संघ नेपाल कागेश्वरी मनोहरा नगर कमिटीको दोश्रो नगर अधिवेशन हुने ।
स्थान ः– व्यञ्जन रिसोर्ट, थली ।
समय ः– ११ः०० बजे ।

१२.किरात याक्थुङ चुम्लुङ नेवा ताम्सालिङ प्रदेश कार्यसमितिले वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहुती) को प्रमुख आतिथ्यतामा प्रदेशको नाम ’कोशी’ खारेज गर र ऐतिहासिक पहिचानको आधारमा ’लिम्बुवान, किरात’ कायम गर भन्ने माग सहित कार्यक्रम गर्ने ।
स्थान ः– चुम्लुङहिम शोभाहिटी, ललितपुर ।
समय ः– ११ः०० बजे ।

१३.नेकपा (एकीकृत समाजवादी) का सम्माननीत नेता झलनाथ खनालको प्रमुख आतिथ्यतामा नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी)को काठमाडौं जिल्ला भेला कार्यक्रम हुने ।
स्थान ः– केन्द्रीय कार्यालय, अलोकनगर ।
समय ः– ११ः०० बजे ।

१४.काठमाडौ बुढानिलकण्ठ स्थायी घर भई हाल भक्तपुर कमलबिनायक बस्ने बर्ष ७६ को बिमला सुनार श्रिमान कृष्ण बहादुर सुनार बाट कुटपिट भएको र अदातलमा मुद्दा दर्ता गर्दा समेत सुनुवाइ नभएको भनि न्यायको माग गर्दै धर्ना दिने ।
स्थान ः– माइतीघर मण्डला ।
समय ः– १२ः०० बजे ।

१५.काभ्रे मण्डन देउपुर नगरपालिका ११ घर भएका बोध राज न्यौपाने (स्वतन्त्र नागरिक) ले घाटीमा ब्यानर झुन्डाएर विभिन्न मागहरु राख्दै सरकारलाई ध्यानाकर्षण तथा खबरदारी गर्दै ब्यानर प्रदर्शन गर्ने ।
स्थान ः– माइतीघर मण्डला ।
समय ः– १३ः०० बजे ।

१६.खेमराज गुरुङ ट्रष्टले अमर स्रष्टा खेमराज गुरुङको सातौं वार्षिक पुण्यतिथिको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा गजल तथा भजन शिरोमणि भक्तराज आचार्यलाई स्रष्टा सम्मान तथा वरिष्ठ गीतकार तुलसी बस्नेतलाई प्रतिभा पुरस्कार अर्पण कार्यक्रम गर्ने ।
स्थान ः– नेपाल प्रज्ञा प्रतिष्ठान, पारिजात हल, कमलादी ।
समय ः– १३ः०० बजे ।

१७.वीर गोर्काली अभियान लगायत विभिन्न राजावादी तथा देशभक्त व्यक्ति तथा समुहले जनता मौन भएकोले नेताहरूले मनलाग्दि गरि भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड, सुन तस्कर काण्ड, गौ हत्या काण्ड जस्ता काण्ड एक पछि अर्को काण्ड नै काण्ड आइराखेकोले देश, धर्म र संस्कृति बचाउन के गर्न सकिन्छ भन्ने बिषयमा छलफल गर्ने ।
स्थान ः– थापाथली ।
समय ः– १४ः०० बजे ।

१८.सन्तोष परियार, धनकुमारी सुनार र गनेश खनियाको उपस्थितिमा प्रगति राईको उपन्यास थाङ्ग्रा माथि परिचर्चा कार्यक्रम हुने ।
स्थान ः– नेपाल प्रज्ञा प्रतिष्ठान (लेखनाथ कक्ष), कमलादी ।
समय ः– १४ः०० बजे ।

१९.नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले एमसीसी सम्झौता विरुद्ध एमसीसी परियोजना लागू हुने जिल्लाहरूमा भाद्र १९ गते देखी २५ गते सम्म अन्तरक्रिया कार्यक्रम गर्ने ।
स्थान ः– नखुलेको ।
समय ः– नखुलेको ।

२०.मिटरब्याज तथा ठगी विरुद्ध किसान–मजदुर संघर्ष समिती नेपालको शान्तिवाटिकाको धर्ना कार्यक्रम जारी ।

२१.धनुषा नगराइन नपा ८ खिरखरिया बस्ने बिनोद प्रसाद शाह सहित परिवारका ७ जना निजको जेठी छोरी बर्ष २२ की आरती साहलाई मिति २०८०÷०२÷०७ घर पक्षले कुटपिट गरि हत्या गरेकोले छोरीको हत्यारालाई कडा कार्वाहीको माग राखि असार १ गते राती २०ः३० बजे देखि माइतीघर मण्डलामा बसेको शान्तिपुर्ण धर्ना जारी ।

२२.नेपाली काङ्ग्रेस (वी.पी.) सहित २०४७ को संविधान पुनस्थापना समितिले २०४७ सालको संविधान हामी सबैको अभियान भन्ने नारा सहित माइतीघर मण्डलामा बसेको अनिश्चित कालिन रिले अनसन जारी ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  २ : १४ बजे