२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘एक चलचित्र गीता’को धार्मिक विवाद,सेन्सर रोकियो



संसारभरका चलचित्र हलहरुका प्रचार सामाग्री गइसक्यो । शो खुल्ला भइसक्यो । अव चलचित्रको नाम परिवर्तन गर्न सम्भव छैन

 

ललितखबर
२२ भदौं । चलचित्र ‘एक भागवत गीता’को नामलाई लिएर विवाद भएको छ ।
चर्चित अभिनेत्री झरना थापाद्वारा निर्देशित चलचित्रमा हिन्दुवादी धार्मिक संघ संस्थाले नाम परिवर्तन गर्न माग गर्दै चलचित्र विकाश बोर्डमा निवेदन हालेका छन् ।
चलचित्र विकाश बोर्डले चलचित्र प्रर्दशनका क्रममा विवाद भएर दुर्घटना रोक्न छलफल भइरहेको तर सेन्सर नै रोकिएको छैन ।

निर्माता सुनिलकुमार थापाले विहीबार दिनभर आफूहरु धार्मिक संघसंस्थाहरुसँग छलफल गरे पनि कुनै सहमती नभएको बताए ।


थापाले भने, ‘हामीले चलचित्र निर्माणअघि दर्ता गरेर प्रमाण पत्र लिएका थियौं । विवाद आएपछि भागवत गीतामा एक थपेर ‘एक भागवत गीता’ बनाएको थियौं । तर पनि विवादमा ल्याइयो ।’

 

 

हामीले चलचित्र निर्माणअघि दर्ता गरेर प्रमाण पत्र लिएका थियौं । विवाद आएपछि भागवत गीतामा एक थपेर ‘एक भागवत गीता’ बनाएको थियौं । तर पनि विवादमा ल्याइयो ।

विहीबार आयोजित आकस्मिक पत्रकार सम्मेलनमा निर्माता थापाले चलचित्रमा धार्मिक लाग्ने मयुर र बाँसुरी जस्ता बस्तु हटाउन सकिने तर नाम नै परिवर्तन गर्न नसकिने बताए ।
थापाले भने, ‘संसारभरका चलचित्र हलहरुका प्रचार सामाग्री गइसक्यो । शो खुल्ला भइसक्यो । अव चलचित्रको नाम परिवर्तन गर्न सम्भव छैन ।’
शुक्रबार बस्ने बोर्डको बैठकले चलचित्रबारे निर्णय लिने बताइएको छ ।

उनका अनुसार चलचित्रका पात्रहरुको नाम भागवत र गीता राखेर विवाद निम्त्याएको भन्दै विवाद भएको हो । धार्मिक आस्थामाथि चोट नपुगोस र करोडौं लगानी गरेर निर्माण गरिएको चलचित्रको कथामा चोट नपुगोस भन्ने उद्देश्यले छलफल गरिएको बताइएको छ ।
निर्माता थापाले धार्मिक संघ संस्थाका प्रतिनिधिहरुलाई चलचित्रको कथा सार्वजनिक नगर्ने शर्तमा पढ्न दिएका थिए । चलचित्रको कथा पढेपछि विवाद थप सहतमा आएको हो ।
शुक्रबार बस्ने बोर्डको बैठकले चलचित्रबारे निर्णय लिने बताइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  २ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।