२३ भदौ । शनिबारको दिन राजधानीमा विभिन्न कार्यक्रम हुँदैछन् । शनिबार धेरै ठाँउमा तीजको दर कार्यक्रम राखिएको छ भने प्रर्दशन अनसन र विभिन्न राजनीतिक कार्यक्रम हुँदैछ ।
१.चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले विभिन्न माग राखि विरोध प्रदर्शन कार्यक्रम गर्ने ।
स्थान ः माइतीघर मण्डला ।
समय ः ९ः०० बजे ।
२.एकीकृत ट्रेड यूनियन महासंघ नेपालले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा महासंघमा प्रवेश कार्यक्रम गर्ने ।
स्थान : होटल होलिडे ताज, बागवजार ।
समय : ९ः०० बजे ।
३.कलाकार सारुख ताम्राकारको घटनाको निष्पक्ष छानबिनको लागि शान्तिपुर्ण आन्दोलन हुने ।
स्थान : ज्ञानेश्वर चोक ।
समय : ९ः०० बजे ।
४.जिल्ला गोर्खा बारपाक गा.पा.वडा नं २ सुलिकोट घर बताउने बर्ष ६६ को तेल बहादुर घले मिति २०७५÷०६÷१४ गते नेपाली सेनाले सडक बनाउने क्रमा बिस्पोटन गर्दा घर र होटेल पुर्णरुपमा क्षती भएको र क्षेतिपुर्ती पूरा नपाएको भन्दै शान्तिपुर्ण धर्ना बस्ने ।
स्थान : माइतीघर मण्डला ।
समय : १०ः०० बजे ।
५.कैलाली जिल्ला गोदावरी नगरपालिका –१ घर भएका वर्ष २९ का पर्वतराज जोशी सरकार समक्ष गोदावरी नगरपालिका–५ गेटा, कैलालीमा ६०० सैया सहितको शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालन गर्न माग राखि धर्ना कार्यक्रम गर्ने ।
स्थान : माइतीघर मण्डला ।
समय : १०ः०० बजे ।
६.नागरिकता पिडित संघर्ष समितिले नागरिकता नियमावलीमा ढिला सुस्ती भएकोले सांकेतिक शान्तपुर्ण धर्ना कार्यक्रम गर्ने ।
स्थान : माइतीघर मण्डला ।
समय : १०ः०० बजे ।
७.आरती साहको न्यायको लागि काठमाडौं माइतीघरमा धर्नामा बसेको ८५ औं दिन पुग्दा पनि सरकारले कुनै वास्था नगरेकोले आरती साहको परिवारको लागि यो सरकार मरिसकेको भन्दै हिन्दु धर्म अनुसार कपाल मुण्डन गरि मरिसकेको सरकारको नौकेस श्राद गर्ने ।
स्थान : माइतीघर मण्डला ।
समय : १०ः०० बजे ।
८.अखिल नेपाल महिलासँघ मध्यपुर थिमि नगर कमिटिले नेकपा (एमाले) का अध्यक्ष केपि शर्मा ओलिको उपस्थितिमा महिलाहरूको महान चाड हरितालिका तिजको उपलक्ष्यमा शुभकामना आदानप्रदान सहितको दर खाने कार्यक्रम गर्ने ।
स्थान : जर्मन होम हस्पिटालिटी, गठ्ठाघर, भक्तपुर ।
समय : १०ः०० बजे ।
९.नेकपा (माओवादी केन्द्र) दोलखा – काठमाडौं सम्पर्क समन्वय समितिले हरितालिका तिज विशेष कार्यक्रम गर्ने ।
स्थान : रोयल जडिबुटी ब्याङ्क्वेट, जडिबुटी ।
समय : १०ः३० बजे ।
१०.नेपाली काङ्ग्रेस शंखरापुर नगरपालिका वडा नं. ५ ले वडा सम्मेलन गर्ने ।
स्थान : पालुवारी रिसोर्ट ।
समय : १०ः३० बजे ।
११.नेपाल तामाङ कलाकार संघको १६ औं बार्षिक साधरण सभा तथा ८ औं अधिवेशन हुने ।
स्थान : याङरिमा हिल सिटी बौद्ध अरब बैंक ।
समय : ११ः०० बजे ।
१२.नेकपा (एमाले) झापा – काठमाडौ सम्पर्क मञ्चले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बृहत् तिज विशेष कार्यक्रम गर्ने ।
स्थान : ताज ब्याङ्क्वेट, तिनकुने ।
समय : ११ः०० बजे ।
१३.नेकपा (एमाले) लमजुङ – काठमाडौ सम्पर्क मञ्चले महिला भेला तथा तिज विशेष कार्यक्रम गर्ने ।
स्थान : आरती पार्टी प्यालेस, माछापोखरी ।
समय : ११ः०० बजे ।
१४.विश्व हिन्दु परिषद नेपाल, हिन्दु जागरण नेपाल, वैदिक सनातन धार्मिक महासंघ नेपाल लगायत हिन्दु संघ संस्थाहरूले गौहत्या विरुद्ध विरोध ¥याली कार्यक्रम गर्ने ।
स्थान : माइतीघर मण्डला देखि नयाँ बानेश्वर सम्म ।
समय : ११ः०० बजे ।
१५.शाही युवा शक्ति नेपालले गाई हत्यारालाई कार्वाही गरौ राजतन्त्र पुनःस्थापना गरौ भन्ने मुल नाराका साथ यहीँ असोज ३ गते रत्नपार्क देखी नारायणहिटी सम्मको बृहत् जनप्रदर्शन कार्यक्रम विषयक बैठक बस्ने ।
स्थान : यल्लो प्यागोडा होटल, जमल ।
समय : ११ः३० बजे ।
१६.नेकपा (एमाले) तेह्रथुम – काठमाडौ सम्पर्क मञ्चले महिला भेला तथा तिज विशेष कार्यक्रम गर्ने ।
स्थान : स्काई दरबार ब्याङ्क्वेट, बग्गिखाना ।
समय : १२ः०० बजे ।
१७.काठमाडौ बुढानिलकण्ठ स्थायी घर भई हाल भक्तपुर कमलबिनायक बस्ने बर्ष ७६ को बिमला सुनार श्रिमान कृष्ण बहादुर सुनार बाट कुटपिट भएको र अदातलमा मुद्दा दर्ता गर्दा समेत सुनुवाइ नभएको भनि न्यायको माग गर्दै धर्ना दिने ।
स्थान : माइतीघर मण्डला ।
समय : १२ः०० बजे ।
१८.पुर्व सुरक्षाकर्मी परिषद नेपालको काठमाणडौ सुदुर पश्चिम प्रदेश समन्वय परिषद गठन कार्यक्रम हुने ।
स्थान : स्वयम्भू बैंक्वेट, डल्लु (भगवानपाउ नजिक) ।
समय :१२ः३० बजे ।
१९.काभ्रे मण्डन देउपुर नगरपालिका ११ घर भएका बोध राज न्यौपाने (स्वतन्त्र नागरिक) ले घाटीमा ब्यानर झुन्डाएर विभिन्न मागहरु राख्दै सरकारलाई ध्यानाकर्षण तथा खबरदारी गर्दै ब्यानर प्रदर्शन गर्ने ।
स्थान : माइतीघर मण्डला ।
समय : १३ः०० बजे ।
२०.नेकपा (एकीकृत समाजवादी) जिल्ला कार्यसमिति भक्तपुरले हरितालिका तिज विशेष कार्यक्रम गर्ने ।
स्थान : सुर्यविनायक पार्टी भेन्यु, पाण्डुबजार, भक्तपुर ।
समय : १३ः०० बजे ।
२१.सत्य र न्यायको खोजी अभियानले मुलुकको वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रम गर्ने ।
स्थान : मीनभवन सेवा सदन, (नेपाल कमर्श क्याम्पस मूल गेटको ठीक पूर्व)
समय : १३ः०० बजे ।
२२.राप्रपा नेपाल जिल्ला कार्य समिति भक्तपुर को तेस्रो जनआन्दोलन तयारी बैठक बस्ने ।
स्थान : पार्टी कार्यालय सल्लाघारी, भक्तपुर ।
समय : १३ः३० बजे ।
२३.जय नेपाल समूहले नेपाली काङ्ग्रेसका सह महामन्त्री महेन्द्र यादव माथि भएको सङ्घातिक हमला सन्दर्भमा सबै खाले हिंसा को कारण र निवारण विषयक अन्तरक्रिया कार्यक्रम गर्ने ।
स्थान : लैनचौर वैङ्केट, लैनचौर ।
समय : १४ः३० बजे ।
२४.नेपाल उद्योग संघको दोश्रो राष्ट्रिय अधिवेशन हुने ।
स्थान : केन्द्रिय पार्टी कार्यालय आलोक नगर ।
समय : नखुलेको ।
२५.नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले एमसीसी सम्झौता विरुद्ध एमसीसी परियोजना लागू हुने जिल्लाहरूमा भाद्र १९ गते देखी २५ गते सम्म अन्तरक्रिया कार्यक्रम गर्ने ।
स्थान : नखुलेको ।
समय : नखुलेको ।
२६.मिटरब्याज तथा ठगी विरुद्ध किसान–मजदुर संघर्ष समिती नेपालको शान्तिवाटिकाको धर्ना कार्यक्रम जारी ।
२७.धनुषा नगराइन नपा ८ खिरखरिया बस्ने बिनोद प्रसाद शाह सहित परिवारका ७ जना निजको जेठी छोरी बर्ष २२ की आरती साहलाई मिति २०८०÷०२÷०७ घर पक्षले कुटपिट गरि हत्या गरेकोले छोरीको हत्यारालाई कडा कार्वाहीको माग राखि असार १ गते राती २०ः३० बजे देखि माइतीघर मण्डलामा बसेको शान्तिपुर्ण धर्ना जारी ।
२८.नेपाली काङ्ग्रेस (वी.पी.) सहित २०४७ को संविधान पुनस्थापना समितिले २०४७ सालको संविधान हामी सबैको अभियान भन्ने नारा सहित माइतीघर मण्डलामा बसेको अनिश्चित कालिन रिले अनसन जारी ।








प्रतिक्रिया