५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीको कर्मनासा खोलामा फोहोर बढ्दै



ललितखबर
२३ भदौं । गोदावरीको कर्मनासा खोलामा फोहोर बढ्दै गएको छ ।
गोदावरी खोला क्षेत्र सरसफाइ अभियानकी अभियन्ता बेबी राजभण्डारीका अनुसार बिगतभन्दा केही प्रतिशत फोहोर फ्याक्ने कार्य कमी आए पनि जथाभावी फोहोर फ्याक्न रोकिएको छैन । उनले भनिन्, ‘अबका दिनमा स्थानीय सरकार स्थानीय प्रशासनको सहयोगमा फोहोर फेक्ने ब्यक्तिको पहिचान गरि कारवाही गर्नुपर्ने अवस्था आएको छ ।’
राजभण्डारीका अनुसार आज सरसफाइका क्रममा कर्मनासा खोलामा मरेको कुकुर, पुरानो कपडा, पूजा गरिसकेपछिको सामाग्रीलाई खोलामा जानिबुझी खोलामा ल्याएर फ्याकिएको अवस्थामा भेटिएको छ ।
अभियानको २ सय ३८ औं हप्ताका सरसफाईको क्रममा आज शनिबार कर्मनासा खोला सरसफाई गरिएको हो । अभियन्ता बेबी राजभण्डारीका अनुसार खोला सरसफाइसँगै अभियन्ताहरुले सचेतनामुलक सरसफाइ कार्यक्रम, खोला संरक्षण तथा बृक्षारोपण गरिएका बिरुवाको निरिक्षण गरेका छन् ।

अभियान मा गोदावरी अभियन्ताहरु नारायणी पाण्डे , गोपि कार्की ,द्रोपती श्रेष्ठ, गिता पुतवार, श्रीकुमारी महर्जन, सुबास बस्नेत, कुमार खड्का,ज्यापु पुतवारलगायत सहभागी थिए ।

 

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ६ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।