५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नारायणको “ओ लभ्ली“ मा रोशन र सृष्टि



काठमाडौं
२३ भदौं । गीत “ओ लभ्ली “ सार्वजनिक भएको छ । लामो समयदेखि अमेरिका बस्दै आएका गितकार नारायण भारतीको शब्द यो गीतमा रहेको छ ।

अमेरिका बसेर पनि उनी गीत संगीतलाई मायाँ भने उस्तै गरिरहेका छन् । उनको शब्द रचनाको कयौं गितहरु नेपाली साङितिक आकाशमा चर्चित छन् । त्यो मध्यको ’ओह लभ्ली’ पनि एक बन्ने उनको बिश्वास छ ।

यस गीतमा रोशन श्रेष्ठले अभिनय गरेका छन । जसले नेपाली सिने क्षेत्रमा लामो समय देखि काम गर्दै आएका हुन । उनलाई अभिनयमा साथ दिएकी छिन चर्चित मोडेल तथा नायिका सृष्टि खड्काले ।

कृष्ण रसालले निर्देशन गरेमो भिडियो नारायण र इशा शर्मा भारती मिलेर बनाएका हुन् । सुनिल क्षेत्रीले संगीत गरेको गीतमा सुनिल राईले संगीत सम्योजन गरेका छन् । गीत करण राईले गाएका हुन । बिवेक सुनारले सम्पादन गरेको भिडियोमा कोरियोग्राफी रोशन बिश्वकर्माले गरेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ६ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।