५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको पाटनढोका र ठेचोमा चोरी



२३ भदौं । ललितपुरको पाटन ढोका र ठेचोमा चोरी भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका १० पाटन ढोकास्थित आइडिआर र फरसाइट प्रालिबाट १ थान प्रोजेक्टर र २ थान ल्यापटप गरी करिब ३ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
यसैगरी ललितपुरको गोदावरी नगरपालिका १२ ठेचोस्थित मकवानपुर थाहा नगरपालिका २ पालुङ घर भएका रमा कार्कीको रमा फेन्सी स्टोर पसलबाट करिब २ लाख ४७ हजार रूपैयाँ बराबरको विभिन्न कपडा गएराति चोरी भएको छ ।
प्रहरीले चोरीका सम्बन्धमा अनुसन्धानसँगै घटनामा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  २ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।