१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा आज के हुँदैछ ?



२४ भदौं । देशको राजधानी काठमाडौंमा विभिन्न सार्वजनिक गतिविधि हुन्छन् । आज प्रजातन्त्र पुर्नस्थापनाका लागि योगदान दिने विपि कोइरालाको जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम आयोजना हुँदेछन् ।
राजधानीमा दैनिकजसो हुने धर्ना जुलुस आज पनि चल्नेछ । यस्ता छन् आज राजधानमिा आयोजना हुने कार्यक्रमहरु ः

१.नेपाली काँग्रेस चाँगुनारायण नगर कार्यसमिति भक्तपुरले महामानव वी.पी. कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा माल्यार्पण तथा रक्तदान कार्यक्रम गर्ने ।
स्थान : चाँगुनारायण–१, न्यौपाने गाउँ, भक्तपुर ।
समय : ७ः३० बजे ।

२.अखिल नेपाल यातायात मजदुर संघले पार्टी नेता वर्षमान पुनको प्रमुख आतिथ्यतामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान हरितालिका तिजको अवसरमा असक्त, असहाय र दृष्टिविहिनहरूका लागि राहत वितरण कार्यक्रम गर्ने ।
स्थान अल्फा पार्टी जोरपाटी ।
समय : ९ः०० बजे ।

३.नेपाली काङ्ग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा जननायक बिपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा भाद्र २४, २५ र २६ गते हुने बिपी साहित्य महोत्सवको उद्घाटन कार्यक्रम गर्ने ।
स्थान : नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, सानेपा, ललितपुर ।
समय : ९ः०० बजे ।

४.अनेरास्ववियु केन्द्रीय कमिटीले नेपाली नारीहरूको महान चाड हरितालिका तिज विशेष ’सामुहिक नृत्य प्रतियोगिता’ तथा दर खाने कार्यक्रम गर्ने ।
स्थान : शंकरदेव क्याम्पस प्राङ्गण, बागबजार ।
समय : १०ः०० बजे ।

५.जिल्ला गोर्खा बारपाक गा.पा.वडा नं २ सुलिकोट घर बताउने बर्ष ६६ को तेल बहादुर घले मिति २०७५÷०६÷१४ गते नेपाली सेनाले सडक बनाउने क्रमा बिस्पोटन गर्दा घर र होटेल पुर्णरुपमा क्षती भएको र क्षेतिपुर्ती पूरा नपाएको भन्दै शान्तिपुर्ण धर्ना बस्ने ।
स्थान : माइतीघर मण्डला ।
समय : १०ः०० बजे ।

६.कैलाली जिल्ला गोदावरी नगरपालिका १ घर भएका वर्ष २९ का पर्वतराज जोशी सरकार समक्ष गोदावरी नगरपालिका–५ गेटा, कैलालीमा ६०० सैया सहितको शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालन गर्न माग राखि धर्ना कार्यक्रम गर्ने ।
स्थान : माइतीघर मण्डला ।
समय : १०ः०० बजे ।

७.नागरिकता पिडित संघर्ष समितिले नागरिकता नियमावलीमा ढिला सुस्ती भएकोले सांकेतिक शान्तपुर्ण धर्ना कार्यक्रम गर्ने ।
स्थान : माइतीघर मण्डला ।
समय : १०ः०० बजे ।

८.आरती साहको न्यायको लागि काठमाडौं माइतीघरमा धर्नामा बसेको ८५ औं दिन पुग्दा पनि सरकारले कुनै वास्था नगरेकोले आरती साहको परिवारको लागि यो सरकार मरिसकेको भन्दै हिन्दु धर्म अनुसार कपाल मुण्डन गरि मरिसकेको सरकारको नौकेस श्राद गर्ने ।
स्थान : माइतीघर मण्डला ।
समय : १०ः०० बजे ।

९.अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले त्रिभुवन अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुरमा फ्लडलाइट जडान गरिनुपर्छ भनेर दबाब मुलक कार्यक्रम मार्चपास गर्ने ।
स्थान : त्रिचन्द्र क्याम्पस देखि रत्नपार्क, रानीपोखरी, जमल हुदै घण्टाघर सम्म ।
समय : १०ः०० बजे ।

१०.जनयुद्ध जन– आन्दोलन तथा अपाङ्ग संघर्ष समितिले सरकारले १७ वर्ष बितिसक्दा पनि कुनै पनि औषधि उपचार नगरेको भन्दै पत्रकार सम्मेलन गर्ने ।
स्थान : रिपोर्टर्स क्लव नेपाल, भृकुटी मण्डप ।
समय : १०ः४५ बजे ।

११.उद्योग व्यवशायी महासंघ नेपाल वागमती प्रदेशलेप्रारम्भिक भेला कार्यक्रम गर्ने ।
स्थान : संचयकोष भवन, लगनखेल, ललितपुर ।
समय : ११ः०० बजे ।

१२.चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले विभिन्न माग राखि विरोध प्रदर्शन कार्यक्रम गर्ने ।
स्थान : प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, सानोठिमी, भक्तपुर ।
समय : ११ः०० बजे ।

१३.अखिल नेपाल महिला संघ गोकर्णेश्वर नगरपालिका नगर कमिटीले तिज विशेष कार्यक्रम गर्ने ।
स्थान : छिमेको पार्टी प्यालेस विश्रान्ती तरकारी बजार संगै ।
समय : ११ः३० बजे ।

१४.काठमाडौ बुढानिलकण्ठ स्थायी घर भई हाल भक्तपुर कमलबिनायक बस्ने बर्ष ७६ को बिमला सुनार श्रिमान कृष्ण बहादुर सुनार बाट कुटपिट भएको र अदातलमा मुद्दा दर्ता गर्दा समेत सुनुवाइ नभएको भनि न्यायको माग गर्दै धर्ना दिने ।
स्थान : माइतीघर मण्डला ।
समय : १२ः०० बजे ।

१५.नेकपा (एमाले) केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागके सहकारीकर्मी संग केपी ओली कार्यक्रम गर्ने ।
स्थान : नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासल, ललितपुर ।
समय : १२ः०० बजे ।

१६.नेपाली काङ्ग्रेस (बी.पी.) ले जननायक वी पी कोइरालाको १०९ औं जन्म जयन्तिको अवसरमा पुर्व सभामुख दमननाथ ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्ने ।
स्थान : बी पी संग्रालय, सुन्दरिजल ।
समय : १२ः३० बजे ।

१७.रिपोर्टर्स क्लव नेपालले विश्व आत्महत्या दिवशको अवसरमा आत्महत्या रोकथाममा सञ्चार माद्यमको र सरोकारवालाको भुमिका बिषयमा अन्तरक्रिया कार्यक्रम गर्ने ।
स्थान : रिपोर्टर्स क्लव नेपाल, भृकुटी मण्डप ।
समय : १२ः४५ बजे ।

१८.काभ्रे मण्डन देउपुर नगरपालिका ११ घर भएका बोध राज न्यौपाने (स्वतन्त्र नागरिक) ले घाटीमा ब्यानर झुन्डाएर विभिन्न मागहरु राख्दै सरकारलाई ध्यानाकर्षण तथा खबरदारी गर्दै ब्यानर प्रदर्शन गर्ने ।
स्थान : माइतीघर मण्डला ।
समय : १३ः०० बजे ।

१९.अन्तरध्वनी नेपालले बिश्व आत्माहत्या रोकथाम दिबसको अवसरमा आत्महत्या रोकथाममा पत्रकारको भुमिका विषयक कार्यशाला गोष्ठी कार्यक्रम गर्ने ।
स्थान : कोजि फुडल्याण्ड, कलंकी ।
समय : १३ः०० बजे ।

२०.नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमिति महिला विभागले हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा शुभकामना आदान–प्रदान तथा दरखाने कार्यक्रम गर्नौ ।
स्थान : बानेश्वर बैंक्वेट, नयाँबानेश्वर ।
समय : १३ः०० बजे ।

२१.पेट्रोलियम ब्यवसायी संघ नेपालले विधिबत दर्तापछि भएका काम र वर्तमान समयमा ब्यवसायीले भोग्दै आएका समस्याका विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने ।
स्थान : म्याक्डोनाल्ड फुड क्याफे मध्य बानेश्वर ।
समय : १४ः०० बजे ।

२२.नेपाल प्राज्ञिक परिषदले ११० औं वीपी जन्म जयन्तीको अवसरमा राजेन्द्र लिङ्देन, चन्द्र भण्डारी लगायतको उपस्थितिमा आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप नीतिको अन्तर्य र औचित्य विषयक कार्यक्रम गर्ने ।
स्थान : क्वालिटी व्याङ्केट, बुद्ध नगर ।
समय : १४ः०० बज

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  २ : ५८ बजे