१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


उपत्यकाका महिलालाई साहसिक बनाउदै तीज मनाउदै सगरमाथा आरोही कल्पना



 

२७ भदौं । पछिल्लो समय तीजमा दर खाने कार्यक्रममा महिलाहरुको ताँती छ । धेरै पार्टी प्यालेर र होटल तीज मनाउने नाममा खाने पिउने र नाच्दै गाँउदै महिलाहरु महिना दिन अघिबाट तीज मनाउन साडी लगाएर पुग्ने गरेका छन् ।
तर राजधानीमा विश्व किर्तिमानी सगरमाथा आरोही पत्रकार कल्पना महर्जनले उपत्यकाभित्रका महिलाहरुलाई भने तीजको उपलक्ष्यमा फरक तरिकाले मनाउने कार्यक्रम राखेकी छिन् ।
राजधानीको धुम्वाराहीमा रहेको पासाग लामु स्पोटर्स क्लाइम्बिङमा कल्पनाले उपत्यकाभित्रका विभिन्न पेशा व्यावसायमा आवद्ध महिलाहरुलाई सहभागी गराउदै क्लाइम्बिङ गराएकी हुन् ।
संस्कृति र साहससँगसँगै भन्ने नाराका साथ एकहप्ते तिज अन दी वाल कार्यक्रमको क्रममा महिलालाई क्लाइम्बिङ गराइएको उनको भनाई छ । महिलाहरुले त्यहाँ रहेको स्पोर्टस् क्लाइम्बिङमा क्लाइम्बिङ गरेका थिए । साथ साथै तिजको गितमा नाचेर रमाइलो पनि गरे ।
तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ एकहप्ते तीज अन दी वाल सुरु गरिएको उनले बताइन् । कार्यक्रम अन्तर्गत फरकफरक दिन फरकफरक क्षेत्रका मानिसलाई क्लाइम्बिङ अभ्यास गराउने कार्यक्रम तय गरिएको छ ।
माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको थियो । कार्यक्रमा, सफल महिला समूहका महिला दिदि बहिनीहरु, भास्सरा मा.विका विद्यार्थीहरुको साथै ललितपुर महानगरपालिका वडा नं. २३ का बाल क्लबहरुका भाईबहिनीहरुले पनि क्लाईम्बिड.को अनुभव लिनुका साथै रमाइलो गरेर तिज मनाएका छन् ।
यसरी नेपालमा भइरहेको आरोहण खेलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस कार्यत्रमाको नाम नै तिज अन द वाल भन्ने रहेको छ । आरोही कल्पना महर्जनले विगत केहि वर्ष देखि नेपाली हिन्दू महिलाहरुको महान पर्व तिजको उपलक्ष्यमा यसरी नयाँ पुस्तालाई नेपाली संस्कृतिको महत्व बुझाउँदै सिकाउँदै साहसिक बन्न प्रेरणा दिदै आइरहेकी छिन् ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १२ : ५२ बजे