२७ भदौं । नेपाली चलचित्रका सफल अभिनेता विपिन कार्कीले आफू सबै धर्म सम्प्रदायप्रति समभाव राख्ने बताएका छन् ।
राजधानीमा आयोजित चलचित्र एक भागवत र एक गीता चलचित्रको झिझिया गीत सार्वजनिक कार्यक्रममा सहभागी अभिनेता कार्कीले पत्रकार सम्मेलनमा ‘जय श्रीकृष्ण’ भन्दै संवाद बोलेपछि पत्रकारले ‘तपाई महादेवको भक्त भन्ने सार्वजनिक भएको थियो । यहाँ त श्रीकृष्णको नाम जप्नु भो त ?’ भन्ने प्रश्नको उत्तर दिदै महादेव, कृष्णसँगै आफूले अल्लाहलाई समेत मान्ने बताए । उनले भने, ‘म त कृश्चियन पनि हुँ । म सबैको भक्त हुँ ।’
एउटा कलाकारको हिसावले मुस्लिमको चरित्र निभाउनु प¥यो भने आफू महादेव वा कृष्णको भक्त भनेर बस्न नहुने उनले तर्क गरे ।
चलचित्र एक भागवत र एक गीतामा भिझिया बोलको गीतको छायाँकनको संवाद बोल्न अप्ठ्यारो रहेको उनको भनाई थियो ।
हेर्नुस भिडियो :
प्रतिक्रिया