२९ भदौं । सन्तोष अधिकारी फिल्मस्को व्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा नेपाली चलचित्र ‘चित्रा’को छायाँकन शुक्रबारदेखि पोखराबाट शुरू भएको छ ।
सन्तोष अधिकारीको मुख्य भूमिका रहेको चलचित्रमा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, शुभेच्छा खड्का, सिम्रन खड्का, आयुशी ढकाल, कपिल शर्मा, कुमार गुरुङ, श्यामसुन्दर कार्की, गीता थापा, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय रहनेछ ।
चलचित्रले एक रिटायर्ड बाबु र छोरीको कथालाई प्रस्तुत गर्ने निर्देशन लामिछानेले जानकारी दिए ।
चलचित्र पोखरा र घाचोकमा छायांकन हुनेछ । आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहने ‘चित्रा’ चलचित्रमा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद, तारा न्यौपानेको मुख्य सहायक निर्देशन, प्रवीण सिंहको नृत्य, सम्राट बस्नेतको द्वन्द्व, महेश पौडेलको छायांकन, प्रतिमा थापाको प्रोडक्सन हेड र कृष्णबहादुर थापा लाइन प्रोडुसर छन् ।
चलचित्रमा राजन राज सिवाकोटीको गीत संगीत रहनेछ । केदार पराजुली (श्री कृष्ण फिल्मस्) ले फिल्मको नेपाल अधिराज्यभरको वितरण जिम्मा लिएको छ। चलचित्रको अष्ट्रेलिया अधिकार अविनास रोका मगरले लिईसकेका छन । अन्य देशको राइट्स पनि छिट्टै टुंगिने निर्माता एवम् कलाकार सन्तोष अधिकारीले जानकारी दिए।
निर्माता अधिकारी नयाँ चलचित्र ‘डलर एयुडी’ को तयारीमा छन् । यो चलचित्रको छायांकन तिहारपछि सुरु हुनेछ । सन्तोष ‘घर’ र ‘आमा’का सह–निर्माता पनि हुन् । उनको नयाँ चलचित्र ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।
निर्देशक घनश्याम लामिछानेको निर्देशन रहने चलचित्र माघे सङ्क्रान्तिलाई लक्षित गरी आगामी पुस २७ गते रिलिज हुनेछ ।
प्रतिक्रिया