८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


लेखक प्रशान्त शर्माले लिएर आए दोश्रो पुस्तक ‘ईरा’



काठमाडौँ
३० भदौं । लेखक प्रशान्त शर्माको दोस्रो उपन्यास ’ईरा’ विमोचन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बिच शर्माको दोस्रो उपन्यास ईरा सार्वजनिक गरिएको हो ।
विमोचन समारोहमा समाजशास्त्री डा. शोभा ढुंगाना, सञ्चारकर्मी अच्युत घिमिरे बुलबुल, अभिनेत्री लक्ष्मी बर्देवा, लेखक विवेक ओझासहित लेखक शर्माले सामुहिक रूपमा पुस्तक विमोचन गरे ।
कार्यक्रममा बोल्दै समाजशास्त्री डा. शोभा ढुंगानाले, “लेखक शर्माले समाजको वास्तविकतालाई उजागर गरेको बताइन् ।“ समाजमा कतिपय पात्रहरूले आज आफ्नो महत्त्व बुझ्न नसक्नाले शर्माले पुस्तकमा लेखेको कथा वास्तविक समाजको घटना र परिदृश्य भएको उनले बताइन् ।
त्यस्तै, सञ्चारकर्मी अच्युत घिमिरेले शर्मा पछिल्लो समयमा उदाउँदै गरेका युवा लेखकका रूपमा स्थापित हुन सक्ने बताए । उनले पछिल्लो समयका दश जना युवा लेखकको नाम लिने हो भने, त्यसमा शर्माको नाम पनि समावेश हुने बताए ।
अभिनेत्री लक्ष्मी बर्देवाले लेखक शर्मालाई बदाई दिदैँ पुरूष भएर पनि महिलाको विषयमा जुन हिसावले पुस्तकमा उल्लेख गरिएको छ त्यसमा शर्माको मिहिनेत देखिएको बताइन् । उनले युवापुस्ताका लेखकमा जुन हिसाबको जोश जाँगर देखिएको छ त्यसले भोलिका दिनमा समाजमा सकारात्मक प्रभाव पर्ने समेत बताइन् ।
कार्यक्रमको समापन गर्दै लेखक शर्माले, दुई वर्षको अन्तरालपछि आफुले दोस्रो उपन्यास सार्वजनिक गर्ने दुस्साहस गरेको र यसको राम्रो र नराम्रो पक्षहरू सबै केलाउने जिम्मा पाठकको भएको बताए ।
उक्त पुस्तकको पुस्तकको कभर डिजाइन रसिक राजले गरेका हुन् भने, ‘पुस्तकलाई बजारमा वि एन पुस्तक सञ्चालले ल्याएको हो । कफि यात्रा प्रडक्सनद्वारा प्रकाशित पुस्तकको मुल्य ४५० रहेको छ ।‘ शर्माको पहिलो उपन्यास ’रूखहरूको मृत्यु’ बजारमा चर्चित उपन्यासका रूपमा रहेको छ । कार्यक्रम सञ्चालन गजलकार रसिक राजले गरेका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ९ : ३६ बजे