३१ भदौ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ६० किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५० जनालाई प्रतिवादी बनाउने गरी प्रतिवेदन दिए पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९ जनामाथि मुद्दा दर्ता गरेको हो ।
यो प्रकरणमा ३२ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो ।
प्रतिवादी बनाइएका २९ जनामध्ये २६ जना प्रहरी हिरासतमा छन् भने ३ जना फरार छन् ।
प्रतिक्रिया