२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


६० किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता



३१ भदौ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ६० किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५० जनालाई प्रतिवादी बनाउने गरी प्रतिवेदन दिए पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९ जनामाथि मुद्दा दर्ता गरेको हो ।

यो प्रकरणमा ३२ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो ।

प्रतिवादी बनाइएका २९ जनामध्ये २६ जना प्रहरी हिरासतमा छन् भने ३ जना फरार छन् ।

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  १२ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।