८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मायावी’मा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित



३१ भदौं । चलचित्र ‘मायावी’मा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छन् ।

यस फिल्मका लागि मुख्य नायिकामा दीपिका प्रसार्ई र मुख्य नायकमा पल साह तथा सुशील सिटौला र करिश्मालाई नायिकाका रुपमा अनुबन्ध गरेको हो । यसअघि नवनायकका रुपमा ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खान अनुबन्धित भइसकेका छन् ।

चलचित्र ‘एउटा साथी’बाट नेपाली रजतपटमा डेब्यू गरेकी करिश्माले यो चलचित्रपछि ‘लभ सब’ र ‘बाबु कान्छा’मा अभिनय गरेकी छिन् । त्यसयता कुनै पनि चलचित्रमा अभिनय नगरेकी करिश्माले लामो समयपछि ‘मायावी’बाट फिल्ममा कमव्याक गर्न लागेकी हुन् ।

यही चलचित्रमार्फत अभिनेता राज कटुवाल निर्माताका रुपमा चलचित्र क्षेत्रमा डेब्यू गर्दैछन् । निर्देशक भट्टराई स्वयंको कथा रहने यो चलचित्र क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको हो ।

चलचित्रमा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । चलचित्रको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए ।

दिवाकरले चलचित्र ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  २ : १७ बजे