१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


तीनकुनेस्थित हत्या प्रकरणमा पक्राउ परेका दीपेन्द्र राई रिहा



काठमाडौँ
१ असोज । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले रिहा गरेको छ ।
हत्यामा उनको कुनै सम्लग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिएका छन् ।
उनका अनुसार उक्त हत्या प्रकरणमा राइको कुनै सम्लग्नता नदेखिएपछि उनलाई रिहा गरिएको हो । घटनामा प्रहरीले सिन्धुपाल्चोक, बाह्रबिसे घर भई हाल काठमाडौँको काँडाघारी बस्ने २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको थियो ।
गएको शुक्रबार मध्यराति गैह्रिगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेल तथा उहाँकी पत्नी अम्बिका भुजेल र आमा ७० वर्षीय सुमित्रा भुजेलको हत्या भएको थियो ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ८ : ५२ बजे