२२ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक



२ असोज । नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा लिखित ‘वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक भएको छ।

मंगलबार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा एक कार्यक्रमबीच म्युजिक भिडियोसहितको गीत प्रधान सेनापति प्रभु राम शर्माले सार्वजनिक गरेका हुन्।

गीत सर्वाजनिक समारोहमा गीतकार उपरथी श्रेष्ठले नेपाली सेनाको काम र वीरतालाई लिएर सबै नेपालीको बुझाईमा एकरुपता नपाएको भन्दै त्यसलाई आफ्नो गीतमार्फत एकरुपता देखाउने सन्देश दिन खोजेको बताए।

लेखक श्रेष्ठले भने, ‘नेपाली सेनाका कर्तव्यपरायण, कर्मठ सैनिकहरु तथा हाम्रा वीर पूर्खाहरुको योगदान र बलिदानको बारेमा सबै नेपाली नागरिकहरुको बुझाइमा एकरुपता पाइँदैन। म एक सैनिक भएको नाताले मलाई यो विषयले झक्झकाइरह्यो।’

आफू व्यवसायीक लेखक नभएको उल्लेख गर्दै उनले थपे,‘मलाई नेपाली सेनाले निभाउदै आएका संविधान प्रदत्त बहुपक्षीय जिम्मेवारीहरु र योगदानलाई शब्दमा लिपिबद्ध गरी अभिव्यक्त गर्ने प्रेरणा मिल्यो।’
उपरथि श्रेष्ठद्वारा लिखित उक्त गीतमा युवा गायक सुभात तिम्सिना र गायीका श्रीमती गिता पाण्डेले स्वर भरेका छन्।

संगितकार राजेन्द्र बजगाँईको लयमा नेपाली सेनाका सैनिक ब्याण्ड प्रमुख, प्रमुख सेनानी दिनेश सोनामले संगीत संयोजन गरेका छन्।

गीतमा कोरस, समूह गायनमा प्रमिला बानियाँ, संगिता घर्तीमगर, लक्ष्मी प्रभा थापा, शुधा शेर्पा, आकृति दुलाल, संझना जिमी र शुष्मा लामिछाने तथा गायीकातर्फ राजकुमार आलेमगर, राजिव परियार,हेमन्त रामझालि मगर,नारायण थापा,रमेश पाठक र रविन्द्र लामिछानेले स्वर दिएका छन्।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ९ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।