८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘ह्याप्पी डिभोर्स’ निर्माणको घोषणा



काठमाडौं
२ असोज । राजधानीमा आज चलचित्र ‘ह्याप्पी डिभोर्स’ निर्माणको घोषणा गरिएको छ ।
विमलेशको कथा तथा निर्देशनमा निर्माण हुने चलचित्रमा अभिनेताको रुपमा विमलेश अधिकारी र अभिनेत्रीहरु केकी अधिकारी र रीमा विश्वकर्मा रहने जानकारी दिइएको छ ।
चलचित्रको निर्माता रोशन घिमिरे रहेका छन् । भने नवराज उप्रेतिको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहनेछ । यो चलचित्र छायांकन सन् २०२४ को सुरुवातमा हुनेछ भने २०२४ भित्रै प्रर्दशन गरिने योजना रहेको छ ।

चलचित्रको नाम ‘ह्याप्पी डिभोर्स’ रहेको भए पनि कथामा केही फरकपन रहेको अभिनेत्री केकी अधिकारी र रिमा विश्वकर्माले बताए । चलचित्रको उद्देश्य डिभोस हुनु पर्छ भन्ने सन्देश नरहेको र सबै कुरा चलचित्र प्रर्दशनपछि खुल्ने अभिनेत्री विश्वकर्माको भनाई थियो ।
विमलेस केही समयदेखि अमेरिका बस्दै आएका छन् । उनी केही बर्षअघिसम्म नेपाली म्युजिक भिडियोमा चर्चित थिए ।

 

 

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ३ : २८ बजे