३ असोज । नेपाली चलचित्रका अभिनेता गौरव पहारीले औठी साटासाट गरेका छन् ।
आफन्त र परिवारका सदस्यहरुको उपस्थितीमा आज काठमाडौंको एक होटलमा गौरवले प्रेमिका श्रेयानी खतिवडासँग टिकाटालो गरेर औठी साटासाट गरेका हुन् ।
विगत ४–५ बर्षदेखिको प्रेम सम्बन्धलाई रहेकी खतिवडा र पहारी जोडीको यस कार्यक्रममा निकटस्थ कलाकार र सिमित परिवारका सदस्य उपस्थित थिए ।
आयोजित एक समारोहमा उनीहरुको इन्गेजमेन्ट समारोहमा फिल्म क्षेत्रका केही कलाकारको मात्र उपस्थिती थियो ।
‘होस्टेल’ फिल्मबाट नेपाली चलचित्रमा काम सुरु गरेका पहारीको ‘नम्बरी सुन चलचित्र प्रर्दशन हुने तयारी रहेको छ । ।
प्रतिक्रिया