६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आन्दोलनरत शिक्षक र सरकारबीचको दोस्रो वार्ता निष्कर्षविहीन



४ असोज । आन्दोलनरत शिक्षकको मागको सम्बोधन गर्ने विषयमा आन्दोलनरत शिक्षक र सरकारकाबीचमा भएको दोस्रो चरणको वार्ता पनि बिना निष्कर्ष सकिएको छ। वार्ता बिहीबार साँझ गृह मन्त्रालयमा बसेको थियो। तर यस वार्तामा पनि कुनै सहमति हुन नसकेको कानुनमन्त्री धनराज गुरुङले जानकारी दिए। अब अर्को बैठक फेरि भोलि बिहान ८ बजे बस्नेगरी आजको बैठक सकिएको छ ।

आजको वार्तामा शिक्षकका मागबारे बुँदागत रुपमा छलफल भएको र वार्ता सकारात्मक भएको पनि मन्त्री गुरुङले बताए। यसअघि बिहीबार बिहान बसेको वार्ता बिना निष्कर्ष टुंगिएको थियो।

वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र मन्त्रालयका सचिवहरु सहभागी थिए। त्यस्तै शिक्षकहरुको तर्फबाट शिक्षक महासंघका पदाधिकारीहरु सहभागी थिए।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ४ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।