१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘कति धेरै पुरस्कार दिइरहेको जस्तो लाग्छ’(भिडियो)



ललितखबर
६ असोज । हास्य कलाकार मदनकृष्ण श्रेष्ठले आफूलाई धेरै पुरस्कार दिइरहेको र कहिले काँकी कति धेरै पुरस्कार दिइरहेको जस्तो लाग्ने गरेको बताएका छन् ।
चलचित्र विकास बोर्डले चलचित्रकर्मीहरुलाई वितरण गरेको ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ कार्यक्रममा बोल्दै कलाकार श्रेष्ठले नगद सहित पुरस्कार पाउदा खुशी लाग्ने गरेको बताए । भने, “कतिपय ठाँउमा कागजमा मात्रै लेखेर सम्मान दिन्छन् । त्यो कागज लिएर घर गयो रमायो । कागज बेच्न मिल्दैन । त्यतिकै फास्सफुस्स । ”
कलाकार श्रेष्ठले आफूहरुले संविधान बनाउन समेत योगदान दिएको स्मरण गर्दै आफुहरुले व्यवस्था परिवर्तनका लागि सघाएकोमा धेरैले गल्ती गरेको बताउने गरेको सम्झिए ।
उनले नयाँ राजनीतिक व्यवस्थापछि देशमा भष्टाचार र तस्करी बढेकोमा चिन्ता व्यक्त गरे ।

हेर्नुस भिडियो :

उनले भने, “नगद राशिसहितको पुरस्कारले पाउने व्यक्तिलाई ऊर्जा मिल्छ । बोर्डले आगामी दिनमा पनि चलचित्र र चलचित्रकर्मीको हितमा विभिन्न कार्यक्रम गर्नेमा विश्वस्त छु । यस क्षेत्रलाई सरकारले अगाडि बढ्न मद्दत गर्नुपर्छ ।”संविधान दिवसको अवसर पारेर बोर्डले सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पु¥याएको भन्दै कलाकार श्रेष्ठसहित १० जनालाई पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ७ : ०४ बजे